Websoft University

www.radiomakalu.com || 021-522512


पश्चिमाञ्चलमा तीन चौथाई रोपाईं

ROPAI(11)

पोखरा,साउन ४ गते । पश्चिमाञ्चलमा तीन चौथाई रोपाईं सकिएको छ । पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले १४ जिल्लामा ७७.५ प्रतिशत रोपाईं सम्पन्न भएको जनाएको हो ।

अघिल्लो वर्ष साउन ११ गतेसम्ममा ७८ प्रतिशत मात्र रोपाईं सम्पन्न भएको थियो । यस वर्ष १० दिन अगाडिनै अघिल्लो वर्षको जति रोपाईं सम्पन्न भएको छ । यस वर्ष समयमै पानी परेको र राखेको बिऊ नबिग्रेका कारण समयमै धान रोपाईं हुन सकेको क्षेत्रीय कृषि निर्देशनालयले बताएको छ ।

पश्चिमाञ्चलमा सबैभन्दा बढी नवलपरासीमा ९३ प्रतिशत रोपाईं सम्पन्न भएको छ भने सबैभन्दा कम कपिलवस्तुमा ४० प्रतिशत मात्र रोपाईं सम्पन्न भएको छ । कपिलवस्तुमा कम पानी परेकाले रोपाईं कम भएको क्षेत्रीय कृषि निर्देशनालयका निमित्त निर्देशक हृदयनाथ घिमिरेले जानकारी दिए ।

उनका अनुसार कास्कीमा हालसम्म ९० प्रतिशत रोपाईं सम्पन्न भएको छ । त्यस्तै, रुपन्देहीमा ८, गोर्खामा ६०, तनहुँमा ७२.५, लमजुङमा ७५ प्रतिशत रोपाईं सम्पन्न भएको छ ।

यसैगरी, म्याग्दीमा ८५, वागलुङमा ९०, पर्वतमा ८५, स्याङ्जामा ८२, पाल्पामा ७०, गुल्मीमा ७० र अर्घाखाँचीमा ८५ प्रतिशत रोपाईं सम्पन्न भएको निमित्त निर्देशक घिमिरेले जानकारी दिए ।

यस वर्ष झण्डै ९९ प्रतिशत रोपाईं हुने पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको अनुमान छ । अघिल्लो वर्ष ९७.२ प्रतिशत रोपाईं भएको थियो । पश्चिमाञ्चलका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने रोपाईं हुँदैन ।-सन्देश श्रेष्ठ, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget