Websoft University

www.radiomakalu.com || 021-522512


प्रस्तावित न्यायाधीशले भने-संविधान उत्कृष्ट होइन तर, पुनर्लेखन आवश्यक छैन


justic_sunai
काठमाडौं,साउन १३ गते । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. आनन्दमोहन भट्टराईले नेपालको संविधानमा सबैका मौलिक अधिकार समेटिएको भन्दै पुनर्लेखनको आबश्यकता नरहेको बताएका छन् ।

संसदीय सुनुवाई समितिमा बिहीबार उपस्थित भएका भट्टराईले संविधानलाई थप परिमार्जित गर्दै लैजान नरोकिने बताए । फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले हरेक संविधानलाई उत्कृष्ट भन्ने न्यायाधीशले यसका नराम्रा पक्षका बारे बोल्नुपर्दैन ? भन्ने प्रश्न गरेका थिए ।

जवाफमा पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश रहेका भट्टराईले भने-यो संविधानलाई मैले उत्कृष्ट भनेको छैन, तर यसमा सबैका अधिकार समेटिएका छन् । पुनर्लेखन आवश्यक छैन, समयक्रममा परिमार्जित हुन्छ ।’

प्रस्तावित न्यायाधीश भट्टराईले नेपालको न्याय क्षेत्रमा धेरै सुधार हुने क्रममा रहेको धारणा राखेका छन् । उनले अदालतमा बिचौलियाको प्रभाप कमजोर पार्नका संसदले प्रस्तावित विभिन्न अदालतहरुको गठनमा सघाउनुपर्ने वताए ।

बिहीबार नै अर्का प्रस्ताबित न्यायाधीश वरिष्ठ अधिवक्ता अनिलकुमार सिन्हाको पनि सुनुवाई भएको छ भने सपना प्रधान मल्लको सुनुवाई अपरान्ह हुनेछ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget