Websoft University

www.radiomakalu.com || 021-522512


महिला समूहले बनायो महिलालाई आत्मनिर्भर



काँकडभिट्टा झापा, कामको खोजीमा लामो समय भौतारिरहेकी झापा गौराहदकी मन्दिरा कार्कीलाई मेसो मिलाइ दियो त्यहीँको एक महिला समूहले । जसका कारण आज मन्दिरालाई आफूले सिकेको कुरा सिकाउन भ्याइनभ्याई मात्र होइन आम्दानीको पनि राम्रो स्रोत बनेको छ ।


photo-2

विसं २०६६ तिर महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले गङ्गा कार्कीको अगुवाइमा खोलिएको जागरुक महिला समूहको सदस्य बनिन् मन्दिरा । समूहले ग्रामीण क्षेत्रमा रहेका महिलालाई समेटेर मखमली र ढाका कपडामा बुटिक गरेर जुत्ता, चप्पल बनाउने तालिम प्रदान ग¥यो । त्यो उनकै लागि यतिबेला आम्दानीको राम्रो स्रोतको बनेको छ ।

करिब पाँच वर्षअघि कुनै व्यवसाय थिएन । निश्चित आम्दानी थिएन, गौरादहकी मन्दिरा कार्कीको । समूहको तालिमपछि उनी कम्मर कसेर लागिन अचार, ब्याग, पर्स, कुसन, जुत्ताचप्पल बनाउन । सफलता पनि हाता लाग्दै ग¥यो । आफूले बनाएको सामाग्रीले बजार पाउँदै गयो ।

त्यसपछि अरु महिला पनि यो व्यवसायतिर आकर्षित हुन थाले । अब मन्दिराको काम गर्ने तौर तारिकामा पनि फरक आउन थाल्यो । सुरुमा आफैँ सामग्री बनाएर बेचबिखन गर्ने मन्दिरा प्रशिक्षक बनिन् । यतिबेला उनी झापा मात्र होइन मोरङ, सुनसरी, तेह्रथुम र ताप्लेजुङका विभिन्न ठाउँमा पुगेर महिलालाई आत्मनिर्भर बनाउन सक्रिय छिन् ।

समय र अवस्था हेरेर मन्दिरा दिनको रु एक हजारदेखि रु एक हजरा ५०० सम्म भत्ता लिएर काम सिकाउँछिन् । “सुरुमा काम गर्न गाह्रो थियो,” मन्दिरा भन्छिन्– “तर, प्रशस्त आम्दानी हुन थालेपछि सबैको साथ सहयोग पाएकी छु ।” उनीजस्तै सोही समूहबाट सीप सिकेर उद्यमी बनेकी छिन् बैगुनधारा– ९ की निरादेवी ढकाल । विसं २०६८ मा समूहबाट तालिम लिएर काम सुरु गरेकी निरादेवीको दैनिकी दिदीबहिनीलाई कुसन, डल, जुत्ती र अचार बनाउन सिकाउँदैमा बित्ने गर्छ । उनी पनि दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म कमाउँछिन् ।

संस्थाको सहयोगमा सीप सिकेकी रुका कोइराला जागरुक महिला समूह आफ्नो मार्ग निर्देशक भएको बताउँछिन् । कोइरालाले गौरादहमा २०६६ सालदेखि संस्थाकै नाममा जागरुक टेलरिङ सेन्टर नै भनेर चलाइरहेकी छिन् । व्यवसाय फस्टाउँदै गएपछि अरु पनि यसतर्फ आकर्षित बन्दै आएका छन् । उनको उक्त केन्द्रबाट दुई सयभन्दा बढी महिलाले सीप सिकिसकेका छन् ।

यस समूहबाट सीप सिकेका थुप्रै महिला यतिबेला स्वरोजगार बनेका छन् । “सुरुका दिनमा संस्था चलाउन समस्या थियो, अहिले छैन,” जागरुक महिला समूहकी अध्यक्ष गङ्गा कार्कीले भनिन् । उनले महिलाले घरघरमा बनाएका गमला, डल कुसन, जुत्ता चप्पल, चकलेट, सातु आदिलाई बजारको समस्या भएको बताइन् ।

एकल महिला समूह गौरादह नगर सभापति भीमामाया उप्रेती जागरुक महिला समूहले महिलाको क्षमता विकास र आत्मनिर्भरताको क्षेत्रमा धेरै काम गरेको बताइन् । सुरुमा बचतको कार्यक्रम ल्याएर सुरु भएको जागरुक महिला समूहमा प्रशिक्षक डेढ दर्जनभन्दा बढी आफ्नै सदस्य भएको अध्यक्ष कार्की बताउँछिन् । अब सबै प्रशिक्षकको सीपलाई एकै थलोमा राखेर भविष्यमा एउटा प्राविधिक शिक्षालय, गार्मेन्ट र घरेलु महिलाको सीपको सपिङ महल चलाउने संस्थाको लक्ष्य रहेको उनको भनाइ छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget