Websoft University

www.radiomakalu.com || 021-522512


कालीगण्डकी नदीमा आएको बाढीले निर्माणाधिन पुल बगायो



नवलपरासी,असार १८ गते । कालीगण्डकी नदीमा आएको बाढीले नवलपरासी र तनहु जोड्ने निर्माणाधिन पुल बगाएको छ ।

गएराति नदीमा पानीको बहाव बढेर आउँदा निर्माणाधीन पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी नावय निरीक्षक खेम विसीले बताए ।

तीन दिन देखि लगातार आएको पानीले नदीमो आएको बाढीको कारण कालीगण्डकी डेढगाउँ पुल बगाएको हो । स्थानीय बासिन्दाले ठेकेदारले बेलामा काम नसक्दा नदीले पुलको आधा भाग बगाएको जनाएको छ ।

बाढीले नवलपरासीतर्फको भाग बगाएको छ । बन्दै गरेको अवस्थाको उक्त पुल ३ भागको लगभग एक भाग बगाइदिएको प्रहरी नावय निरीक्षक खेम विसीले बताए ।

तनहू र नवलपरासी जोड्ने गरी बनाएको उक्त पुल निर्माण सम्पन्न भएपछि नवलपरासीको दलदलेबाट डेढगाउं हुंदै तनहूको भिमाद पोखरा जोड्ने पहाडी मार्ग पूर्ण रुपमा सञ्चालनमा आउने थियो ।

उक्त क्षेत्रमा नदी वारपार गर्नका लागि अहिले झलुङ्गे पुलको साहारामा स्थानीयले नदी पार गर्ने गर्दछन् ।- रामकुमार श्रेष्ठ , अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget