Websoft University

www.radiomakalu.com || 021-522512


विशेष स्थानमा होटल खोल्नेलाई सस्तो ब्याजमा कर्जा



नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट विशेष स्थानमा होटल खोल्नेहरुलाई सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । पर्यटन पूर्वाधार तयार पार्न सहयोग गर्ने उद्देश्यले राष्ट्र बैंकले पहिलो पटक क्षेत्र तोकेरै योजना ल्याएको हो ।


कृषि र उर्जामा केन्द्रित रहेको राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै १० क्षेत्रमा होटल खोल्नेलाई सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । पर्यटकीय सम्भावना रहेका तर विकास हुन नसकेका १० क्षेत्रमा होटल खोल्न चाहनेले अब सात प्रतिशत ब्याज दरमै ऋण पाउने राष्ट्र बैकले जनाएको छ ।


राष्ट्र बैंकले यसका लागि बैंकहरुलाई चार प्रतिशत ब्याजमा पुर्नकर्जा उपलब्ध गराउँछ । यसमा तीन प्रतिशत मार्जिन राखेर ग्राहकलाई ऋण दिने छन् । सात प्रतिशत ब्याजमा ऋण लिनका लागि ग्राहकले पाथीभरा, माइपोखरी, हलेसी, लाङटाङ, स्वर्गद्वारी, माथिल्लो मुस्ताङ, गढीमाइ, जनकपुरधाम, रारा तथा खप्तड क्षेत्रमा होटल खोल्नु पर्ने हुन्छ । यसवाहेकका ठाउँमा होटल खोलेमा यो सुविधा पाइँदैन । राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्यवस्था गरेपनि यो कार्यान्वयन भने निर्देशन जारी भएपछि मात्र हुने छ । राष्ट्र बैंकले यसका लागि विशेष कार्यविधि ल्याउने जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget