Websoft University

www.radiomakalu.com || 021-522512


आईसीसीको प्रतिनिधिमण्डल नेपाल आउने



काठमाडौं, असार १७ गते । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको साधारणसभाले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ ।

स्कटल्याण्डको एडिनबरामा सम्पन्न साधारणसभाले नेपालसँगै अमेरिकाको क्रिकेट संघलाई निलम्बन गर्ने बोर्डको निर्णय अनुमोदन गरेको हो । नेपाल क्रिकेट एशोसिएसन आन्तरिक विवादमा फसेपछि आईसीसीले गत अपि्रलमा निलम्बन गरेको छ ।

निलम्बनको निर्णयलाई साधारणसभाले अनुमोदन गरेपछि लम्बिने संकेत देखिएको छ ।

साधारणसभाले नेपालमा छिट्टै एक प्रतिनिधि मण्डल पठाउने निर्णय गरेको छ । उक्त टिमले सरकार र क्रिकेटका अधिकारीहरुसँग भेट गर्नेछन् ।

अमेरिकामा आईसीसीका अध्यक्ष शशांक मनोहर नेतृत्वको टोली जाने तय भइसकेको छ । तर, नेपाल आउने टोलीको टुंगो लागेको छैन ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget