Websoft University

www.radiomakalu.com || 021-522512


काभ्रेपलाञ्चोक जिल्ला दूधमा आत्मनिर्भर घोषणा

 


बनेपा, साउन १४  गते  । नेपालमै पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लालाई आज दूधमा आत्मनिर्भर घोषणा गरिएको छ ।

जिल्ला पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले गत साउन १० गते जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न पाउँ भनेर दिएको निवेदन अध्ययन गर्दा दूध उत्पादनमा आत्मनिर्भर भएकाले आत्मनिर्भर जिल्ला घोषणा कार्यविधि–२०७३ अनुसार पशुपक्षी विकास मन्त्री शान्ता मानवीले जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री मानवीले आफू पशुपक्षी विकास मन्त्री भएपछि आफूले इलामदेखि चितवनहुँदै काभ्रेपलाञ्चोकको भ्रमण गर्ने क्रममा काभ्रेपलाञ्चोकमा बढी दूध उत्पादन हुने पाएकाले आत्मनिर्भर घोषणा गरेको बताउनुभयो ।

उहाँले मन्त्रालयले ४० बुँदे घोषणापत्र जारी गरी नेपाललाई एक वर्षमा अन्डा, दुई वर्षमा मासु र तीन वर्षमा दूधमा आत्मनिर्भर देश बनाउने घोषणा गरेको जानकारी दिनुभयो । उहाँले काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गरेपनि जिल्लाको दूधमा गुणस्तर बढाउन सुझाव दिँदै दूधको गुणस्तर कायम राख्न किसानलाई आग्रह गर्नुभयो । मन्त्री मानवीले भन्नुभयो, “अब उपभोक्ताले पनि प्रशोधन गरेको दूधको उपभोग गरौँ ।”

पशु सेवा विभागका महानिर्देशक डा केशवप्रसाद प्रेमीले काभ्रेपलाञ्चोक पशुपालनका लागि सम्भाव्यता बोकेको जिल्ला भएकाले व्यावसायिक पशुपालनतर्फ किसान अग्रसर हुनुपर्ने बताउँदै उहाँले यो जिल्ला काठमाडौँमा दूध आपूर्ति गर्ने पहिलो जिल्लासमेत भएको उल्लेख गर्दै काभ्रेपलाञ्चोकलाई मासु र अन्डामा आत्मनिर्भर जिल्ला घोषणा गर्न सकिने भएपनि त्यसका लागि केही प्रक्रिया अघि बढाउनुपर्ने भएकाले चरणबद्ध रुपमा मासु र अन्डामा समेत आत्मनिर्भर जिल्ला घोषणा गरिने जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रिय सहकारी सङ्घका केन्द्रीय अध्यक्ष एवम् सांसद केशव बडाल, राष्ट्रिय दुग्ध विकास संस्थानका महानिर्देशक गङ्गा तिमल्सिना, सांसदद्वय कञ्चनचन्द्र वादे, रामहरि सुवेदी, वरिष्ठ पशु विकास अधिकृत डा नारायणबहादुर श्रेष्ठलगायतले जिल्लालाई दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरिएपनि यसलाई सधैँ कायम राख्न सबै निकाय एक हुनुपर्ने बताउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget