Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक शुक्रबार एक बजेसम्मलाई स्थगित

Parliament-Building of Nepal

काठमाडौं, साउन ६ गते । मुख्य दलका शीर्ष नेताहरुबीच सहमति नजुटेपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच अविश्वासको प्रस्ताव पहिले छलफल गराउने कि बजेटका आश्रित विधेयकमा छलफल चलाउने भन्नेमा विवाद छ ।

यही विवादका कारण बिहीबार बिहान एघार बजे बस्ने भनिएको संसद बैठक दिउँसो दुई बजेसम्म सारिएको थियो । त्यसबिचमा सभामुख ओनसरी घर्तीले सहमतिको प्रयास गरेकी थिइन् । तर, सहमति नजुटेपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget