Websoft University

www.radiomakalu.com || 021-522512


लौ पढ्नुस् सत्ता प्राप्तिको रामरमिता !


गोपाल बुढाथोकी
सिंहदरबारमा अनेक खाले हावा बहिरहन्छ । अहिले बहेको हावाको गन्ध अनौठो छ । यो हावामा प्रचण्डको आतुरी, शेरबहादुर देउवाको ब्यग्रता, मधेसी मोर्चाका पार्टीहरुको छटपटी र केपी ओलीको चिन्ताको गन्ध एकसाथ आइरहेछ ।
मौसम वर्षाको छ, मौसम बजेटको छ । झमझम वर्षाको बेला नेपालमा विकास कार्य हुन्छ, यस्तै वर्षाको बेला बजेटमा छलफल गर्ने र पारित गर्ने काम हुन्छ । बजेटमा छलफलको फल थोरै हुन्छ, ‘छल’ धेरै हुन्छ । बजेट पारित गर्ने बेला भनेको सरकारको घा“टी अँठ्याउने बेला पनि हो । सरकार गिराउन छल गर्ने बेला पनि हो । हामीलाई थाहा भएकै कुरा हो– सरकार बनाउन छल गर्नुपर्छ र छल गरेर बनेको सरकार छलबाटै गिर्छ । सरकार गिराउने सर्वाेत्तम बेला बजेट हो । त्यसैले सिंहदरबारको हावामा अहिले अनौठो गन्ध छ ।

ओली सरकारले एउटा राजनीतिक कोर्ष पूरा गरिसक्यो । अब ओलीले काँध फेर्नुपर्छ भन्ने प्रचण्डको भनाई छ । भनाई भन्दा पनि चाहना छ । यो चाहना लरतरो छैन । कुरा सत्ताको हो, केही दिनभित्रै ओलीको का“ध फेर्न प्रचण्डले कडा कदम चाल्न सक्छन् । दुई महिना पहिले पनि प्रचण्डले कदम चालेका थिए, शेरबहादुर देउवासंग मिलेर । तर, त्यो कदम पछाडि फर्कियो । त्यस यता सिंहदरबारको सेरोफेरोमा अनौठो हावा बहिरहेको छ र त्यो हावा अब निर्णायक मोडमा पुग्न सक्छ ।

प्रष्ट छ– प्रचण्ड ओलीलाई गिराएर आफू त्यो ठाउ“मा पुग्न चाहन्छन् । तर, यो काम उनका लागि सजिलो छैन । हुन त प्रचण्ड र उनको पार्टीको अवस्था विगत ०५१ सालपछिको राप्रपाको जस्तै छ । प्रचण्ड जता जान्छन् त्यतै सत्ताको पलडा भारी हुन्छ । तैपनि प्रचण्डले किन ओलीलाई गिराउन सकेका छैनन् भन्ने प्रश्न अनुत्तरित छ । गिराउन अगाडि बढिसकेर पनि प्रचण्ड किन व्याक भए भन्ने जवाफ नौ बुँदे सहमतिले मात्र दिन सक्दैन । यसका केही भित्री कारण हुनुपर्छ र ती कारण के हुन् भन्ने प्रश्नको जवाफ अहिलेसम्म भेटिएको छैन ।


ओली सरकारले एउटा राजनीतिक कोर्ष पूरा गरिसक्यो । अब ओलीले काँध फेर्नुपर्छ भन्ने प्रचण्डको भनाई छ । भनाई भन्दा पनि चाहना छ । यो चाहना लरतरो छैन । कुरा सत्ताको हो, केही दिनभित्रै ओलीको का“ध फेर्न प्रचण्डले कडा कदम चाल्न सक्छन् । दुई महिना पहिले पनि प्रचण्डले कदम चालेका थिए, शेरबहादुर देउवासंग मिलेर । तर, त्यो कदम पछाडि फर्कियो । त्यस यता सिंहदरबारको सेरोफेरोमा अनौठो हावा बहिरहेको छ र त्यो हावा अब निर्णायक मोडमा पुग्न सक्छ ।

सत्ता राजनीति चरममा पुगेकोमा कुनै शंका छैन । माओवादी केन्द्रले राष्ट्रिय सरकार बनाउने भनिसकेपछि त्यसभित्र केही छ । त्यस्तो सरकार कसको नेतृत्वमा ? प्रचण्ड आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छन् भन्नेमा द्विविधामा पर्न हुन्न । देउवाको नेतृत्व स्वीकार गरेर प्रचण्ड अगाडि बढ्न त्यति सजिलो छैन । किनभने अहिले माओवादी केन्द्रले जति भाग पाएको छ, त्यति भाग देउवाले नदिन सक्छन् । मुख्य कुरा, ओलीको ठाउ“मा देउवालाई ल्याएर प्रचण्डले के पाउ“छन् ?
अहिले सत्ता राजनीतिको सर्वाधिक पेचिलो प्रश्न नै अबको सरकार कसको नेतृत्वमा भन्ने हो । सत्ता राजनीतिका लागि अहिले जुन कसरत भइरहेको छ । देउवाले प्रचण्डको नेतृत्व स्वीकारेका हुन् ? अथवा प्रचण्डले देउवाको नेतृत्व स्वीकारेका हुन् ? यी दुवै विषय प्रष्ट भइसकेको छैन । अहिले खेल जसरी चलिरहेको देखिन्छ, त्यो हेर्दा अबको नेतृत्व कसको भन्ने टुंगो लागिसकेको छैन । टुंगो लागेको भए खेल यति सुस्त हु“दैनथ्यो ।

शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउन चाहनु अस्वाभाविक होइन तर उनलाई गणितले खासै साथ दिंदैन । माओवादी केन्द्रलाई साथ नलिई उनले सरकार बनाउन सम्भव छैन । उता माओवादी केन्द्र आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ । यसले गर्दा अवस्था डेडलकको छ । यो अवस्थाको प्रत्यक्ष लाभ प्रधानमन्त्री ओलीलाई भइरहेको छ ।

दुई महिना अघि माओवादी केन्द्रले सरकार गिराएर आफ्नो नेतृत्वमा सरकार बनाउन खोज्दा नौ बु“दे सहमति जो भएको थियो, त्यो कार्यान्वयन हुने लक्षण छैन । अब बन्ने सरकारले पनि त्यसलाई कार्यान्वयनमा ल्याउन सक्ने देखिंदैन । यसले गर्दा नौ बु“दे सहमति सरकार गिराउने हतियारभन्दा धेरै केही हुन सक्दैन माओवादी केन्द्रका लागि । यो अवस्था ओलीले अवश्य बुझेका छन् । प्रचण्डलाई नेतृत्व दिएर देउवा सितिमिति अगाडि बढ्दैनन् भन्ने ओलीले बुझेका छन् । प्रचण्डले सा“च्चै नै सरकार गिराए भने ओली चुप लागेर बस्ने छैनन् । उनले अनपेक्षित कदम पनि चाल्न बेर छैन । संसद भंग गरेर ओली अगाडि बढ्दैनन् भन्न सकिन्न । सरकार गि¥यो भने ओली तथा एमालेले देउवालाई प्रधानमन्त्री बन्न समर्थन दिन पनि असम्भव छैन ।

एमालेले देउवालाई समर्थन देला ? या आश देउवालाई अवश्य होला । ओलीले केही संकेत दिइसकेको पनि बुझिन्छ । त्यसैले प्रचण्डले सरकार गिराउन् अनि देखा जाएगा रणनीति देउवाले अपनाइरहेका छन् ।
प्रचण्डले सरकार गिराए, त्यसपछि देउवालाई एमालेले समर्थन दियो भने के हुन्छ ? गजबै हुन्छ, गजब अर्थात् राजनीतिको पेचिलो दाउपेच देख्न पाइनेछ । एमालेले यो बाटो पो लिन्छ कि ? यही कारण प्रचण्ड सरकार गिराउन डराइरहेका छन् । यही कारण ओली केही आश्वस्त छन् । यही कारण देउवा भित्रभित्रै सक्रिय भए पनि बाहिर संयमित छन् ।

आगामी केही दिनभित्र सत्ताको गजब खेल देख्न पाइनेछ । यदि निर्णायक खेल भएन भने ? भित्रभित्रै खेल हुनु तर त्यसले कुनै परिणाम नल्याउनु पनि रोचक नै हुन्छ । राजनीतिमा हरेक प्रयास सफल हुन्छ नै भन्न सकिन्न, यो कुरा प्रचण्ड र देउवाले भन्दा धेरै अरु कसले पो बुझेको होला र ?!
(बुढाथोकी साँधु साप्ताहिकका सम्पादक हुन्)

रातोपाटीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget