Websoft University

www.radiomakalu.com || 021-522512


विद्रोहमा सघाएको आरोपमा सैनिक जनरल र उच्च न्यायाधिशसमेत अनुसन्धानको दायरामा

टर्कीको सरकारी अधिकारीले आइतबार दर्जनौ सैनिक जनरल तथा उच्च न्यायाधिशलाई असफल सैनिक विद्रोहमा सघाएको आरोपमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।



 
तेह्र वर्षदेखि सत्तामा रहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेको बेला शुक्रबार राति गरिएको ‘कू’ प्रयास घन्टौं लामो लडाइपछि शनिबार बिहानसम्ममा नियन्त्रणमा आएको थियो ।

सरकारी स्रोतका अनुसार सैनिक विद्रोहमा सहयोग गरेको आशंकामा करिव तीन हजार सेनालाई सुरक्षा घेराभित्र राखिएको छ ।

टर्कीको समाचार संस्था एनटिभीका अनुसार अहिलेसम्म विभिन्न तहका ३४ जना सैनिक जनरललाई सुरक्षा नियन्त्रणमा लिइएको छ । पक्राउमध्ये उच्च पदस्थ जनरल तथा ‘थर्ड आर्मी कमाण्डरू’ इर्दाल ओजतुर्क तथा मालात्यास्थित ‘सेकेन्ड आर्मी कमाण्डर’ अहेम हुडुती रहेको बताइएको छ ।

टर्कीका सैनिक अधिकारीले मुलुकभर रहेका सैनिक शिविरमा खान्तलासी गरी विद्रोहलाई समर्थन गर्ने अधिकारीमाथि खोजी तीब्र पारेको छ ।

आइतबार बिहानै सुरु गरिएको खोजीका क्रममा टर्कीको पश्चिमी शहर डेनिज्लीमा रहेको शिविर उक्त शिविरका कमाण्डरसहित ५१ जना सैनिक अधिकारीलाई सुरक्षा नियन्त्रणमा लिइएको राज्यद्वारा सञ्चालित समाचार संस्था अनातोलिया न्यूज एजेन्सीले बताएको छ ।

टर्कीका न्यायअधिकारीले जम्मा दुई हजार ७४५ न्यायाधिश तथा अभियोजकलाई पक्राउ आदेश जारी गरको अनाहोलु न्यूज एजेन्सीले बताएको छ ।

‘कू’ प्रयासमा सहभागी भएको आशंकामा देशैभर पक्राउ परेका सैनिक अधिकारीमाथि अंकरास्थित न्यायाधिकारीहरुको नेतृत्वमा छानविन जारी रहेका बताइएको छ ।

टर्कीको गैरसरकारी डोगान न्यूज एजेन्सीले देशभरका ४४ जना न्यायाधिश तथा अन्य केही कानुनकर्मीलाई पक्राउ गरेको बताइएको छ ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इश्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन ९एफइटिओ०को संलग्नता रहेको आरोप लगाएको छ ।

टर्की प्रशासनले एफइटिओले समानान्तर सरकार बनाएको बताएपनि गुलेनका समर्थकले भने आफ्नो समूहलाई हिज्मित अर्थात सेवामूलक सङ्गठन बताउँदै यो पूर्ण तथा शान्तिप्रिय सङ्गठन रहेको बताएका छन् ।

गुलेनले भने विद्रोहमा आफ्नो कुनै सम्लग्नता नरहेको बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले टर्कीका सबै पक्षलाई विधिको शासनलाई पालना गर्न आग्रह गर्नुभएको छ । रासस÷एएफपी
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget