Websoft University

www.radiomakalu.com || 021-522512


पहिरो जाँदा बझाङमा पाँच घर पुरिए

पहिरोले पाँच घर पुरिए

बैतडी, साउन १५ गते । लगातारको पानीसँगै पहिरो जाँदा बझाङमा शुक्रबार पाँच घर पुरिएका छन् भने आठ घर उच्च जोखिममा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार काँडा गाविस–४ चुकझाडमा पहिरो जाँदा स्थानीय बमबहादुर बोहरा, गोरे बोहरा, लालबहादुर बोहरा, मोहनबहादुर बोहरा र मीनबहादुर बोहराको घर पुरिएकोे बताउनुभयो ।

यस्तै पहिरोका कारण सोही ठाउँका राम बोहरा, जोगमल बोहरा, दलभान कामी, फुगे बोहरा, गिरी बोहरा, धुर्पु बोहरा र गिरी बोहराका घर उच्च जोखिममा परेको बताइएको छ ।

पहिरोबाट मानवीय क्षति भने नभएको खबर आएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “टेलिफोन सम्पर्क टुटेकाले घटनाबारे पछिल्लो जानकारी लिन सकिएको छैन ।”

चुकझाड गाउँमा १०५ परिवार बसोबास गर्दै आएका छन् । लगातार परेको वर्षाका कारण पहिरो जाने क्रम नरोकिएकाले गाउँ नै जोखिममा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

घटनाबारे थप बुझ्नका लागि प्रहरीको टोली घटनास्थलतर्फ गएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम चैनपुरबाट तीन दिनको पैदल दूरीमा पर्छ ।

राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढ्यो

बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग हिलाम्य हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

लगातार परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा र केही शाखा सडक निर्माण गर्ने क्रममा पक्की सडकमा माटो खस्नुका साथै बीचबीचमा खोला भएकाले दुर्घटनाका जोखिम बढेको हो ।

पक्की सडक भए पनि वर्षात्को समयमा ठाउँठाउँमा पहीरो खस्ने भएका कारणले राजमार्गभरि खाल्डाखुल्डी र सडकमा पानी जम्ने भएका कारणले यात्रु र गाडी चालकलाई निकै समस्या हुने गरेकोे छ ।

वर्षात्को समयमा पटकपटक भइरहने वर्षाले हिलाम्य बनेको सडकमा गाडी चलाउन निकै सकस भएको छ यात्रुबाहक सवारी चालक नरेन्द्र खड्काले भन्नुभयो, “हिलाम्य भएकै कारण गाडीका टायर चिप्लिने गरेकाले दुर्घटनाको भय हुने गरेको छ, सडकमा दुर्घटना हुने जोखिम त छ, तर चलाउनै पर्ने बाध्यता छ ।”

राजमार्गभरि १०० भन्दा बढी ठाउँमा पहीरो खसेको छ सोही पहिरोमा नै जबर्जस्ती भए पनि गाडी चलाउनु पर्छ गाडी चालक शङ्कर धामीले भन्नुभयो, “कति बेला गाडी चिप्लिएर दुर्घटना हुने हो भन्ने मन ढुकढुक लागिरहन्छ ।”

पहिला धनगढीबाट बझाङ पुग्न १२ घन्टा लाग्थ्यो अहिले कम्तीमा २० घन्टा नत्र २÷३ दिनमा पुगिने गरेको छ । प्रायः बीच बाटोबाटै फिर्ता हुने भएपछि यात्रुलाई सास्ती भएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget