Websoft University

www.radiomakalu.com || 021-522512


किन बाउँडिन्छन् हातगोडा ?

pedula-660x330

पोटासियमको कमी
हातगोडा बाउँडिने प्रमुख कारण भनेको शरीरमा पोटासियमको कमी हो । पोटासियम कमी हुँदा शरीरमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ । यसले गर्दा हातगोडा बाउँडिने, मासु फर्कनेलगायतका समस्या निम्तिन्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्सलगायतका पोटासियमयुक्त खाना खानु फाइदाजनक हुन्छ ।

पानीको कमी
शरीरमा पानीको कमीले डिहाइड्रेसनको सम्भावना हुन्छ । डिहाइड्रेसन भएमा पोटासियमको कमी हुन सक्छ । अनि मांसपेशी बाउँडिने समस्या हुन्छ । पानी कम हुँदा शरीरमा पौष्टिक तत्व पनि कम हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिने हुँदा हात–खुट्टा बाउँडिने समस्या देखा पर्छ । त्यसैले दैनिक पर्याप्त पानी वा झोलिलो खाना सेवन गर्नुपर्छ ।


बसाइ नमिल्दा
कहिलेकाहीँ बसाइमा ध्यान नदिनाले पनि शारीरिक तालमेल मिल्दैन । बसाइ नमिल्दा शरीरको कुनै एक भागमा मात्रै दबाब पर्न गयो भने उक्त भागमा पोषण र अक्सिजनको प्रभाव कम हुन्छ । यसैकारण मासु बाउँडिने गर्छ ।

रक्तसञ्चार राम्रो नभए
शरीरमा रक्त सञ्चार राम्ररी नभए पनि मांशपेशी बाउँडिने समस्या निम्तिन्छ । यसको रोकथामका लागि उक्त भागलाई कस्ने गर्नु हुँदैन । बरु, केही तातो लगाएर रक्तसञ्चारलाई प्रभावकारी बनाउनुपर्दछ ।

झाडापखाला लग्दा
झाडापखाला लाग्दा शरीर निकै कमजोर हुन्छ । शरीर कमजोर हुँदा मासु बाउँडिने खतरा रहन्छ । लगातारको पखालाले डिहाइड्रेसन हुन्छ, शरीरमा आवश्यक मात्रामा पोटासियम, खनिज, लवण सञ्चित हुन नपाई इलेक्ट्रोलाइट असन्तुलित हुन्छ । यस्तो वेला पानी प्रसस्त पिउनुपर्छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget