Websoft University

www.radiomakalu.com || 021-522512


महाकाली उर्लिएपछि बनबसा पुलमा आवागमन रोकियो

महाकाली नदीमा पानीको सतह बढ्दै गएपछि बनबसा पुलमा सवारीसाधन आवागमनमा रोक लगाइएको छ। बिहीबार रातिदेखि परेको अबिरल वर्षाका कारण पानीको बहाव बढेपछि आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ।

सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय गड्डा चौकीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीका अनुसार शुक्रबार बिहान १ लाख १० हजार ९ सय २७ क्युसेक पानीको मापन गरिएको थियो।

आवागमनमा रोक लगाइएपछि दर्जनौं सवारी साधन रोकिएका छन्। पानीको सतह घट्ने क्रम रहेका कारण साँझबाट आवातजावत सहज हुने केसीले बताए।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget