Websoft University

www.radiomakalu.com || 021-522512


सप्तकोशी नदीमा रातो बत्ती बालियो, पानीको बहाव बर्षकै उच्च



सप्तकोशी नदीमा पानीको बहाव यस बर्षकै उच्च मापन गरिएको छ । बिहान ११ बजे गरिएको मापन अनुसार कोशीमा २ लाख ७२ हजार ५१५ क्युसेक पानीको बहाव मापन गरिएको हो । अहिले कोशी ब्यारेजको ३५ ढोका खुला गरिएको छ । साथै ब्यारेजको माथी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।



कोशीमा २ लाख ५० हजार क्युसेक पानीको बहाव बढेपछि रातो बत्ति बालिने गरेको छ । पूर्वी पहाडी जिल्लामा बिगत ५ दिन देखी परेको लगातार परेको बर्षाका कारण कोशी नदीमा पानीको बहाव बढेको हो । अहिले पनि निरन्तर रुपमा पानी परिरहेकाले कोशीमा पानीको वहाब बढ्न सक्ने अनुमान गरिएको छ ।
सोमबार राती कोशी नदीमा २ लाख ५० हजार ६६० क्युसेक पानीको बहाव थियो । आज बिहान कोशीमा एक्कासी पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि तटीय क्षेत्रमा बस्ने स्थानीयहरु त्रसित बनेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget