Websoft University

www.radiomakalu.com || 021-522512


स्वस्थ्य हुने वैज्ञानिक प्रणाली याेगः प्रश्रित

Modnath 4
काठमाडौ, साउन २ गते  । संस्कृतिविद् तथा साहित्यकार मोदनाथ प्रश्रितले योग भनेको अध्यात्मसँग मात्र जोडिने विषय नभई यसको क्षेत्र विशाल रहेको बताएका छन् ।
साहित्य सन्ध्याको नियमित मासिक ३६२औँ शृङ्खला अन्तर्गत शनिबार ‘योग विज्ञान र मानव जीवनमा यसको उपयोगिता’विषयको विशेष चर्चा तथा कविगोष्ठीमा उनले शरीर बलियो हुनका लागि रक्त सञ्चार ठीक हुनुपर्छ, त्यसका लागि प्राणायम आवश्यक पर्छ, यो नै शरीर स्वस्थ बनाउने वैज्ञानिक प्रणाली भएको बताए ।
“योग भनेको जीवन प्रणाली हो । योग भनेको शान्तिको मार्ग पनि हो । हाँसो, खुसी,आहारविहार सबै योग हुन्, प्राकृतिक र वैज्ञानिक कुरा हुन् । जीवनलाई व्यवस्थित गर्ने प्रणाली योग हो । हामीले आफू स्वस्थ रहनका लागि नियमित रूपमा योग साधना गर्नु आवश्यक छ, विधिपूर्वक गर्नु आवश्यक छ ।” उनले भने ।
साहित्य सन्ध्याका कोषाध्यक्ष एवम् भावातीत ध्यान गुरु गोपालकुमार मैनालीले नियमित कम्तीमा प्राणायम (आठ प्रकारका) मात्रै गर्ने हो भने मानिस निरोग हुन सक्छ भन्ने तथ्यलाई संसारका विकसित मुलुकले समेत स्वीकारेको दृष्टान्तसहित प्रकाश पारे।
गोष्ठीमा पूर्ण विराम, अतृप्त पाण्डेय, कणाद महर्षि, गीता खनाल, अमृता स्मृति, मुकुन्द न्यौपाने, सरस्वती चिमौरिया, सरु काबिया,हेमन्त शिशिर, आनन्दराम पौडेल, प्रेमराज सिलवाल, रामबहादुर पहाडी, नारायण जनकपुरी, गोविन्द नेपाल, रामदेव पाण्डेय,रीता खत्री लगायतले आआफ्ना समसामयिक कविता, गीत र गजल वाचन गरेका थिए ।  
वाचित रचनामाथि प्रा. लक्ष्मी गुरागाइँले टिप्पणी गर्दै उब्जाउने हातहरू विदेश पलायन भएर देश वृद्धाश्रम भइरहेको दुर्दशा कवितामा अभिव्यक्त भएको बताए ।- रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget