Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल-भारत सम्बन्ध पुनरावलोकन गर्नुपर्छ : भट्टराई




नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ सन्दर्भमा नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन्।

शनिबार बिहान धनगढीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले दुई देशबीचको सम्बन्धमा पुनरावलोकन गर्न भारत तयार रहनुपर्ने बताए। 'नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ,' उनले भने, 'यसमा भारत पनि तयार रहनुपर्छ र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्छ ।'

संयोजक भट्टराईले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले पनि पहल लिन नसकेको र भारतले पनि सकारात्मक भूमिका खेल्न नसकेको बताए । उनले नेपाल-भारत सीमा नजिकै भारतले बाँध बनाएको सन्दर्भमा पहिले नै अन्तर्राष्ट्रिय मान्यताका आधारमा दुबै देशबीचमा समझदारी कायम गर्नुपर्ने धारणा राखे। 'एउटा देशलाई अप्ठेरो पर्ने गरी अर्को पक्षले एकपक्षीय रुपमा संरचना निर्माण गर्नु राम्रो होइन,' उनले भने ।

एक फरक प्रसंगमा उनले प्रस्तावित ७ नं. प्रदेशको सीमांकनको विवादलाई पहिलो संविधानसभाको समिति र राज्य पुन:संरचना आयोगको प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने बताए । उनले गत वर्ष भदौ ७ र ८ गते कैलालीमा घटेको घटनाबाट सिर्जित समस्याको तत्काल निरुपण गर्नुपर्नेमा जोड दिए।

'भदौ ८ मा थारु समुदायको ८२ घर जलेको रहेछ,' उनले भने, 'त्यसमा प्रशासनले राहतका लागि सिफारिस गरेको छ त्यो चाँडै कार्यान्वयन गर्नुपर्छ ।' उनले भदौ ७ को घटनाको सन्दर्भमा पनि उच्चस्तरीय स्वतन्त्र न्यायीक छानबिन आयोग बनाएर निरुपण गर्नु उपयुक्त हुने सुझाव दिए।

उनले पटक पटकको सरकार परिवर्तनको खेलले देश राजनीतिक अस्थिरताको शिकार भएको भन्दै राजनीतिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक व्यवस्थापिकासहितको शासकीय स्वरुप हुनु्पर्नेमा जोड दिए ।- सेतोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget