Websoft University

www.radiomakalu.com || 021-522512


माओवादीले समावेशी मन्त्री बनाउने

काठमाडौँ, साउन १४ गते । नेकपा (माओवादी केन्द्र) ले आगामी सरकारमा समावेशी र समानुपातिक मापदण्डका आधारमा मन्त्री बनाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुन धेरै नेताले इच्छा व्यक्त गरेपछि माओवादी केन्द्रले समावेशी, समानुपातिक, योग्यता, क्षमता र दक्षताको आधारमा मन्त्री बनाउने भएको हो ।
माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय कार्यालय बैठकले प्रचण्डले नेतृत्व गर्ने सरकारमा पठाउने मन्त्रीहरू क्षमता, दक्षता तथा योग्यता भएकाहरू हुनुपर्ने निर्णय गरेको हो । माओवादीभित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि केन्द्रले समानुपातिक, समावेशी, योग्यता तथा क्षमताको विषयलाई उठाएको बुझिएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रचण्ड नेतृत्वमा बन्ने सरकारमा पठाउने मन्त्रीहरूबारे बैठकमा छलफल भएको जानकारी दिँदै ककसलाई मन्त्री बनाउने भन्ने टुङ्गो अझै लागि नसकेको बताउनुभयो ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा माओवादीबाट गएका मन्त्रीहरूलाई पुनः दोहो¥याउने विषयमा पनि कुनै टुङ्गो लागिसकेको छैन, प्रवक्ता भुसालले भन्नुभयो, “केही पुराना पनि मन्त्रीमण्डलमा जान सक्लान्, केही नयाँ अनुहार पनि जाने सम्भावना छ, तर अहिले त्यस विषयमा कुनै निर्णय हुन सकेको छैन । ” कार्यसम्पादनको आधारमा केही ओली नेतृत्वको सरकारमा सहभागी भइसकेका मन्त्रीहरूलाई पठाउन सक्ने सम्भावना रहेको छ । पार्टी अध्यक्षलाई सरकार सञ्चालन गर्न सहज हुने ढङ्गले मन्त्रीहरूको सूची बनाइने जानकारी दिँदै भुसालले मापदण्डको आधारमा मन्त्री पनि प्रचण्डले नै छान्नुहुने बताउनुभयो ।
यस्तै बैठकमा सरकारले गर्ने कामकारबाहीको विषयमा पनि छलफल भएको थियो । प्रवक्ता भुसालका अनुसार छलफलमा केन्द्रीय कार्यालयका सदस्यहरूले सरकारको नीति तथा कार्यक्रम, सरकारलाई समानुपातिक, समावेशीे, चुस्तदुरुस्त टिम निर्माण लगायतका विषयमा सल्लाह सुझाव दिनुभएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget