Websoft University

www.radiomakalu.com || 021-522512


धनकुटा बस दुर्घटनाः पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु



धनकुटा,साउन १३ गते । धनकुटाको परेवादिन गाविस-५ सिधुवामा बिहीबार दिउँसो यात्रुबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्रीसहित सात जनाको मृत्यु भएको छ ।


संखुवासभाको मुडेशनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस हिलटप होटल नजिक दिउँसो सवा १२ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य मृतकको सनाखत भएको छैन ।

दुर्घटनामा ३ पुरुष, ३ महिला र एक बालिकाको मृत्यु भएको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दुर्घटनामा तीस-चालिस जना घाइते भएको र उनीहरुलाई उपचारका लागि बिभिन्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब दुई सय फिट तल खसेको छ ।

घटनास्थलमा सिधुवा प्रहरी, स्थानीयबासी र जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वको टोली खटिएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget