Websoft University

www.radiomakalu.com || 021-522512


अनसनको अन्तिम दिन : अब के गर्ने भन्ने अन्यौल ?



काठमाडौ, असार ३१ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको २५ दलीय गठबन्धनले शुरु गरेको रिले अनसनको आज अन्तिम दिन ।

आजको अनसनमा शीर्ष नेतामा गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादव, मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) का उपाध्यक्ष गजाधर यादव, थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुलगायतका ४२ जनाको उपस्थिति रहेको छ ।

यद्यपि आज समापनको दिन सबै शीर्ष नेताहरुको अनिवार्य उपस्थिति भनिएको थियो । तर मधेशी मोर्चाकै शीर्ष नेताहरुको अनुपस्थिति रहेको छ ।
ansan gathabandhan


अनसनस्थल नगएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज पनि अनुपस्थित रहेका छन् । उनीहरुले केन्द्रीय सदस्यस्तरका तमलोपाका सुरेन्द्र झा र सद्भावना पार्टीका रामेश्वर यादवलाई पठाएका छन् । त्यस्तै आजको अनसनमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि अनुपस्थित रहेका छन् ।

महेन्द्र राय यादवले आफ्ना दलका वरिष्ठ नेता रामनरेश राय यादव र प्रवक्ता सत्यनारायण मण्डललाई पठाएका छन् । अनिल झाले पार्टीका केन्द्रीय सदस्य प्रेमप्रसाद बरामलाई पठाएका छन् भने राजकिशोर यादवले उपाध्यक्ष गजाधर यादवलाई पठाएका छन् ।
के भन्छन् नेताहरु ?

तमलोपाका अध्यक्ष महन्थ ठाकुर आजै १२ बजे वीरगञ्ज जानु पर्ने भएकाले उनी अनसनमा नपुगेको उनका सहयोगी सत्येन्द्र मिश्रले बताए । उनका अनुसार १२ बजे उपाध्यक्ष ह्रदयश त्रिपाठी, उपाध्यक्ष वृषेश गुप्ता, सवेन्द्रनाथ शुक्लालगायतका कार्यकता तथा नेताहरु अनसनस्थल जानका लागि पार्टीले निर्देशन दिएको छ । उनीहरु त्यहाँ गएपनि अनसनमा सहभागी नभएर अन्य कार्यक्रमहरुमा सहभागी हुने बताइएको छ ।
अनसनस्थलमा रहेका केशव झाले शीर्षस्थ नेताहरुलाई आज अनसनमा पनि बस्न भनिएका थियो तर आइपुगेका छैन । १२ बजेदेखि हुने कार्यक्रममा आउन अपेक्षा गरिएको उनले बताए ।
१२ बजेदेखि चार वजेसम्म साँस्कृतिक कार्यक्रम हुनेछ भने चार बजेदेखि शीर्षस्थ नेताहरु समापन मन्तव्य दिने कार्यक्रम रहेको छ ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले आफ्नो दलबाट सह–अध्यक्ष लक्ष्मणलाल कर्ण जाने बताए ।

अब के हुन्छ ?

यता सरकार परिवर्तनका प्रकृया शुरु हुनु र उता गठबन्धनको अनसन पनि समापन संयोग मात्र हो । जेठ २५ गतेबाट शुरु भएको रिले अनसन ३९ दिनपछि आज समापन भयो तर भोलीदेखि के गर्ने विषयमा टुंगो लागेको छैन । यद्यपी गठबन्धनको सचिवालयले आन्दोलनका कार्यक्रम तय गरिसकेको छ तर गठबन्धनको पूर्ण बैठकले अनुमोदन नगरेको कारण भोलीदेखि के गर्ने भन्ने अन्योल छ ।
केशव झाले भने, ‘गठबन्धनको रिले अनसन गर्दा व्यवस्थापनमा कमीकमजोरीका साथै गठबन्धनकै घटक दलहरुबाट असहयोग भएको छ । एक दुई कार्यक्रमहरु रोकेर भएपनि त्यसको टुगों लगाएर मात्र अर्को कार्यक्रम तय हुनेछ । त्यसका लागि साउन २ गते बैठक बस्नेछ ।’

११ सय बढी सहभागी

अनसनको अन्तिम दिन आजसम्म ११ सय जनाभन्दा बढीको सहभागिता भइसकेको छ । त्यसमा मधेशी र आदिवासी जनजातिका सहभागि आधा आधा हुने गरेको थियो । कहिले काँही छ, मधेशी भन्दा आदिवासी जनजातिको संख्या बढी हुन्थ्यो । महिलाको सहभागि पनि राम्रै हुन्थ्यो ।

नागरिक समाजका तर्फबाट दमननाथ ढुगांना, सुन्दरमणी दीक्षित, सिके लाल, पद्मरत्न तुलाधर, मल्ल के सुन्दर, दीपेन्द्र झा, तुलानाराण साह, धिरेन्द्र प्रेमर्षी, सोमत घिमिरे, सुवोध प्याकुरेल, सत्यमोहन जोशी, शेरबहादुर केसीलगायतका व्यक्तिहरु आएर पनि ऐक्यवद्धता जनाएका थिए भने दलहरुबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत सो दलका वरिष्ठ नेताहरु सबै आएका थिए । त्यस्तै नकेपा माओवादी (क्रान्तकारी) का मोहन वैद्य, नयाँ शक्ति नेपालका डा.बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका मातृका यादव, भरत साह लगायतले पनि ऐक्यबद्धता जनाएका थिए ।

आर्थिक अवस्था

३९ दिन लगभग १३ लाख ३० हजार रुपियाँभन्दा बढी खर्च भइसकेको अनसनका व्यवस्थनमा खटिएका प्रवक्ता झाले बताए । जुस र खाजामा झण्डै दैनिक १० हजार रुपैयाँ खर्च हुने गरेको छ । अनसनको व्यवस्थापनमा खटिएका स्वयंसेवको खाना, खाजामा दैनिक पाँचहजार रुपियाँ खर्च हुने गरेको थियो । अन्य यताउती खुद्रा खर्चहरु गरी जम्मा पाँचहजार गरी दैनिक लगभग २० हजार रुपियाँ खर्च हुन्छ । त्यस अलवा, टेन्ट र साउण्डको छुट्टै खर्च छ । एकजना विरामीमा हालसम्म अढाई लाख रुपियाँ खर्च भएको छ ।

गठबन्धनका प्रत्येक दल र त्यसका सांसदले २५–२५ हजार दिनुपर्छ भनि गठबन्धनको निर्णय थियो । त्यसको हिसाब गर्दा झण्डै १६ लाख पच्चिस हजार रुपियाँ हुँदो रहेछ । त्यसमध्ये धेरैले दिएको छैन ।

घाइते

रिले अनसनका क्रममा केही घाइते र विरामी पनि भएका छन् । टेन्ट बनाउँदा नुच्छेलाल लडेर घाइते, फोरम नेपालका सचिव पर्शुराम बस्नेत अनसन बस्ने क्रममा नै घाइते भएका छन् । साउण्ड उठाएर लैजाने क्रममा सन्तोष सिल्वाल पनि लडेर घाइते भएका छ । अनसनन बसेकै क्रममा फोरम नेपालकै बाबुराम शर्मा भुसालको ब्रेन ह्याम्ब्रेज भएको छ । उहाँको उपचार वीर अस्पतालमा भइहेको छ ।-रातोपाटीबाट   

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget