Websoft University

www.radiomakalu.com || 021-522512


ब्रत बस्नुभएको छ ? फलफूलको मूल्य थाहा पाउनुस्



 काठमाडौं,  साउन ३  गते  । आज साउनको पहिलो सोमबार, हिन्दु महिलाहरु ब्रत बसेर मनाउँदैछन् । विभिन्न मनोकामना पुरा हुने विश्वासमा आज अधिकांश हिन्दु महिलाहरु ब्रत बसेका छन् ।

धेरैको ब्रतका कारण आज बजारमा फलफूलको माग र खपत अत्याधिक छ । आज अन्य समयभन्दा दोब्बर ब्यापार हुने फलफूलका खुद्रा ब्यापारीहरु बताउँछन् ।

कुनको मूल्य कति ?

बजारमा विभिन्न प्रजातिका स्याउका मूल्य फरक-फरक छन् । स्याउको खुद्रा मूल्य बजारमा प्रतिकिलो १ सय ३० रुपैयाँ देखि १ सय ६० रुपैयाँ सम्म छ । स्याउको प्रजातिअनुसार मूल्य फरक-फरक छ ।

बढी शक्तिवर्द्धक मानिने फलफूल आनारको मूल्य आज किलोको २ सय २५ देखि २६० रुपैयाँसम्म छ । साना अनार केही सस्तो छ भने ठूला अनार केही महंगो छ । एक केजी आँपको मूल्य ८० देखि १ सय २० रुपैयाँसम्म पर्छ ।

भुइँकटहर प्रतिगोटा ११० देखि १३० रुपैयाँसम्म छ । नासपाती भने प्रतिकिलो ३० देखि ४५ रुपैयाँ मात्रै छ । आज केराको मूल्य प्रतिदर्जन ८० देखि ११० रुपैयाँसम्म छ । यसैगरी मेवा पनि किलोको ७० देखि ९० रुपैयाँका किन्न पाइन्छ । मौसमको मूल्य भने १ सय ५० देखि १ सय ७० रुपैयाँसम्म छ ।



गे्रडिङ गरिएका कारण सबै फलफूलको मूल्य एकनास छैन । अझ थोकबजार बाट ल्याएर खुद्रा व्यापारीले मूल्य धेरै बढाउँदा बजारमा मूल्यमा एकरुपता छैन । यसैका कारण उपभोक्ताहरु मूल्यमा ठगिने गरेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget