प्रगतिशील लेखक खगेन्द्र संग्रौलाले एकपटक लेखेका थिए– ओलीले खोलो बेच्दा कोही कोक्रोमै थिए, कसैको बाआमाको बिहे भएकै थिएन । अहिले आई एम विथ केपी ओली भनेर फेसबुकमा रटान लगाउने धेरैजसोको यथार्थ त्यस्तै छ । २०५४ सालमा पार्टी फुट्दा एमालेकै एक पक्षले अर्को पक्षलाई अपराधका रूपमा लगाएको आरोप अहिले धेरैले पढेका छैनन् ।
ईश्वर अर्याल
एमालेले आफ्नो गैरराष्ट्रवादी इतिहास छुट्टै ढङ्गले प्रस्तुत गरेको छ । एमाले नै त्यस्तो पार्टी हो, शेरबहादुर देउवाले भारतको पीभी नरसिंग रावसँग गरेको महाकाली सम्झौताको पक्षमा राति १२ बजे भोट हालेर दुई तिहाइ पुर्याइदिएको थियो । त्यतिबेला एमालेका नेताहरूले संसदमा स्याटेलाइटबाट महाकालीको बिजुली बेच्न सकिन्छ र त्यसबाट वर्षको करिब एक खर्ब नेपाललाई फाइदा हुन्छ भनेका थिए । अहिलेका आई एम विथ केपी ओली भन्दै हिँड्नेले कमसेकम विगतका यस्ता केही यथार्थहरू पल्टाउन सुरु गर्नुपर्ने आवश्यकता छ । जसमध्ये मदन भण्डारीको हत्याकाण्ड र महाकाली बेच्दाको प्रसङ्ग बढी महत्वपूर्ण छन् ।
अमरेशकुमारले एकपटक अन्तर्वार्तामा भनेका छन्, भित्रभित्रै ‘त्वं शरणं’ गर्ने र बाहिर आएर जनतालाई धोखा दिने खालको राष्ट्रवाद देखाउने, कुनै एउटा छिमेकीविरुद्ध जनमत सिर्जना गर्न लगाउने खालको राष्ट्रवादको सिकार भएका छन् ओली । अनि संसदमै बोल्दै अमरेशकुमारले केपी ओलीले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन एस्टेरोइड लिएको र त्यसले व्याक्तिको मानसिक क्षमता स्वतः कमजोर बनाउने भनेर ओलीलाई भन्दा हङ्गामा भएको थियो । बाहिर सामाजिक सञ्जालमा ओलीको पक्षमा लेख्नेहरू सल्बलाए भने सदनभित्रै सभामुखले सो मानसिक रोगसम्बन्धी रेकर्ड हटाउने जनाइन् ।
तर यथार्थ के हो भन्दा केपी ओलीलाई मानसिक रूपमा कमजोर छन् र उनले लिने निर्णय बढी इमोसनल कुरा हुने गरेको एकजना दीक्षित थरका एकजना डाक्टरले उहिल्यै खुलासा गरिसकेका थिए । त्यसको बारेमा त्यति चर्चा भएन । आफ्नो नेताको बारेमा बोल्दा तीतो लाग्नु स्वाभाविक हो तर यथार्थ त्यही हो, एस्टेरोइड लिएका मान्छेहरू बढी भावुक हुन्छन् तर दुरदर्शी हुँदैनन् ।
ओलीको नौ महिने कार्यकालमा विकासका पूर्वाधारहरू केही तयार भएका देखिएनन् । तीस हजार घर बनाइयो भनेर संसदमै सफेद झुट बोलेका थिए ओलीले । तर एकीकृत नमुना बस्ती बनाउन दिलो ज्यान दिएर लागेका कलाकारहरू धुर्मुस सुन्तलीले माग गरेको एउटा सामान ओसार पोसार गर्ने गाडी उनीहरूलाई दिनुभन्दा एउटा अशक्त बालकको नाममा बनाइएको फाउन्डेसनलाई एक करोड दिइयो । सफेद झुटको साथमा ओलीको सफेद भ्रष्टाचार बेदाग देख्न पाइयो ।
विकासका पूर्वाधारहरू देख्न नपाइएको शासनकालमा एउटा पूर्वाधार भने बिस्तारै खडा हुँदै गयो । त्यो चाहिँ ओलीको अन्धभक्तहरूको जमातको पूर्वाधार थियो । त्यो जमातले ओलीका हरेक कर्तुतहरू छोप्ने काम गर्यो । जसले उजागर गर्दिन्छ, उसलाई धम्कीसमेत दिने काम गर्यो । त्यो भौतिक पूर्वाधार हैन, एक प्रकारको मानसिक पूर्वाधार हो । त्यसले मिलेर बसेको समाजलाई बिगार्ने काम गर्यो । हरेक कालाहरूलाई भारतीय हो भनेर भन्दियो । सबै नाक थेप्चेहरूलाई विखण्डनकारी हो भनेर घोषणा गर्दियो । कुनै समय यस्तो पनि देखियो सरकारले गोली हानेर मारेका तराईबासीका पक्षमा मानवता देखाउनेलाई भारत लखेट्नु पर्छसम्म भनियो ।
भौतिक विकासका पूर्वाधारहरू बनाउँदा आफ्नो पार्टीगत संयन्त्र चुर्लुम्म भ्रष्टाचारमा डुबाएर असार महिनाभित्र कूल विकास बजेटको आधा रकम खर्च गर्ने केपी प्रशासनले मानसिक विनासका पूर्वाधारहरू गाउँ टोलैपिच्छे खडा गरेर व्यवस्थित बनेको नेपाली समाजको संरचना आगामी दशकको लागि खल्बल्याइदिएको छ । जसरी माओवादीले करिब १० वर्षको जनयुद्धमा खर्बौको भौतिक पूर्वाधारको विनास गरे भनिन्छ । त्यसै गरेर ओलीले अमूल्य सामाजिक मेलमिलापको पूर्वाधार यस समाजबाट बिलिन गराइदियो । हिमाल पहाड र तराईको संयोजन कमजोर गराइदियो । भारतसँग भित्रभित्रै ‘त्वं शरणं’ गरेर बाहिरको हाम्रो आर्थिक सामाजिक संरचनामा पानी खन्याइदियो ।
समग्रमा भन्दा जनताको शिर निहुर्याएर ओलीले आफ्नो शिर उठाए । एमालेमा पनि आफ्नो गुटको शिर उठाए । राष्ट्रवादको नाममा कालोबजारीको व्यवस्थापन गरियो । कालोबजारीको कालो धन अलि अस्तिसम्म टिसर्टले देखाइरहेको थियो । अझ चुनावको लागि भनेर कति जम्मा गरिएका छन् कति ।
एउटा उखान छ, जसको लाठी उसको भँैसी, त्यस्तै ओलीले अर्को उखान चरितार्थ गरे । जसको सत्ता उसको राष्ट्रवाद । वर्षौंदेखि एउटा स्थिर परराष्ट्र नीति नभएर छिमेकी मामिलामा जेलिएको हेडफोन जस्तो गरेर अल्झिएको नेपाल ओलीले देखाएको सर्वसत्तावादी राष्ट्रवादको बाटोमा कसरी हिँड्न सक्थ्यो । भारतसामु लम्पसार परेर, मुजफ्फरपुर ढल्केबरको ट्रान्समिसन लाइनबाट ६०० मेगावाट बिजुली आयात गर्ने घोषणा गर्न सक्ने तर कर्णाली सम्झौता खारेज गरेर नेपालीलाई नै त्यसमा लगानी गर्ने अवसर दिएर उत्पादित बिजुली नेपालमै खपत गर्ने घोषणा गर्न नसक्ने प्रधानमन्त्रीलाई इतिहासमै कलङ्कित र गैरराष्ट्रवादी प्रधानमन्त्री भन्न सकिन्छ । कुन्नि किन एमालेका साथीहरू यसमा पनि राष्ट्रप्रेम देख्छन् ।
नेकपा एमालेमा तीन तह छ । काङ्ग्रेसको संरचनाभन्दा ठ्याक्कै उल्टो संरचनागत तह देखिन्छ । एमालेले कार्यकर्ता उत्पादन गर्ने बेलामा भारत लगायत सबै सामन्ती संस्कार, साम्राज्यवाद र बिस्तारवाद आदि सबैको विरोध गर्न लगाएर खाँटी कम्युनिस्ट कार्यकर्ता उत्पादन गर्छ । अनि उत्पादन गरिसकेपछि तिनीहरूलाई एनजीओ आईएनजिओहरूमा जागिर लगाउन र ठेक्कापट्टामा संलग्न गराउन विभिन्न पक्षसँग सम्झौता गराउने नीति लिएको हुन्छ र नेता बनेर कुर्सीमा जानेलाई भारतको चाकडी गर्न सिकाइन्छ । अहिले सामाजिक सञ्जालमा पहिलो स्तरका कार्यकर्ताहरू उभिए । सत्ता जोगाउन तेस्रो स्तरमा भनिएका नेताहरू उभिए । अनि नेताहरूबाट सफेद झुट बोलियो, मानौँ उतिबेला माओवादीले गर्न नसकेको भारतसँगको सुरुङ युद्ध अब हुँदै छ । सम्पूर्ण कार्यकर्ताहरू अब तयार होऊ । बिचका नेता बन्ने प्रक्रियामा रहेकाहरू उतिसारो बोलेनन् । खाली गाग्री बढी छचल्किनु सामान्य हो ।
काङ्ग्र्रेसका कार्यकर्ताहरू उत्पादन हुँदै खेरी भारतबिना नेपालमा केही हुन सक्दैन भनेर स्कुलिङ गराइन्छ । अनि उनीहरूको सेटल गराउने बेलामा त्यो स्कुलिङअनुसार उदार पुँजीवादी बजारमा सेटल गराउँछ र नेताहरू इमानदारपूर्वक भारतको गुणगान गाएका कार्यकर्ताहरूको वरिपरि बस्ने गर्दछन् । ठ्याक्कै उल्टो एमालेका नेताहरू चाहिँ मनभरि भारतप्रेम बोकेर भारतविरोधीबाट घेरिएर बसेका हुन्छन् । हेर्दाखेरी सबभन्दा धेरै बेइमान एमालेको नेतृत्व छ ।
कार्यकर्तालाई गरिने गलत स्कुलिङले गर्दा एमाले मात्र होइन, माओवादी र काङ्ग्रेस पनि पतन हुने दिशामा गइरहेका छन् । तर यसको नेतृत्व एमालेले गरिरहेको छ । नेपालको राजनीतिक इतिहासमा एमालेले साइलेन्ट पोइजन छोडेको छ । कार्यकर्ता र नेता उत्पादन गर्ने प्रक्रियामा सबभन्दा धेरै विचलन गर्ने नीति एमालेको छ । किनभने नेपालका कुनै दलहरूमा एमालेमा जस्तो राष्ट्रवादी कार्यकर्ताहरू छैनन् र कुनै पनि दलमा एमालेमा जस्ता दलाल नेताहरू छैनन् ।
हुन त अर्काको विरोध मात्र गर्ने राजनीतिका संस्कारमा हुर्किएकाहरूले एमालेप्रतिको यो दृष्टिकोण सहजै पचाउन गाह्रो हुन्छ । यो कुरा लेखेबापत काङ्ग्रेसी अथवा माओवादी बिल्ला स्वतः लाग्छ । धेरै एमाले समर्थितहरूले देश बेचुवा अथवा राष्ट्रघाती भन्ने छन् । त्यसबाट फरक पर्ने छैन किनभने यो लेख एमालेबिरुद्ध नभई उसका गलत प्रवृत्तिविरुद्धमा छ । बुझ्नेहरूले आफ्नो कमजोरी बुझ्न सक्छन् । अनि सच्याउन पनि सक्छन् ।
केही राम्रा कामहरूले धेरै नराम्रा कामहरूलाई ओझेलमा पार्न सक्दैनन् । बरु यथार्थ उल्टो हुन्छ, केही नराम्रा कामहरूले धेरै राम्रा कामहरू ओझेलमा पार्न सक्दछन् । केपी ओलीलाई हाम्रो भलो गर्न भनेर कुनै देउताले कहीँबाट टपक्क नेपालको धर्तीमा झारिदिएका होइनन् । हाम्रै बीचबाट राम्रो नराम्रो कामबाट अघि बढेका एउटा औसत राजनीतिज्ञ हुन् । उनको हैसियत र एउटा आमजनताको हैसियतमा कुनै फरक छैन । उनले देखाएका झुटा सपनाहरूको पछिलाग्ने अधिकार हामीसँग भए पनि त्यसलाई आफ्नो दुरदृष्टि प्रयोग गरेर नेपालीको हितमा छैन भनेर अभिव्यक्ति दिने स्वतन्त्रता पनि हामीसँगै छ भन्ने कुराहरू एमालेका मित्रजनहरूले नभुलौं ।
मदन भण्डारीलाई यहीँका देशी विदेशी शक्तिहरू मिलेर मारिसकेपछि करिब करिब दुई दशक उनको नाम र सहानुभूति बेचेर एमाले नेपालको राजनीतिमा कसरी र कस्तो हैसियतमा बाँचेको छ भन्ने कुरा छर्लङ्ग छ । अब केपी ओलीको नाम बेचेर अबको दुई दशक केही नगरिकन खाना खोज्ने केही गलत नियत बोकेका एमालेजनहरू एमालेकै वरिपरि फैलिएर रहेका छन् । त्यसबाट सचेत रहनु अबको इमानदार कार्यकर्ताहरूको आवश्यकता हो ।
देश बाढीपहिरोमा डुबेको बेलामा आई एम विथ ओली भन्दै हिँड्नु व्याक्तिगत स्वार्थबाट उत्प्रेरित राष्ट्रवाद हो, समग्र राष्ट्रवाद होइन ।
एमाले पहिला राष्ट्रवादी थिएन त्यसकारण अहिले पनि छैन भन्ने गलत मान्यताबाट पङ्क्तिकार निर्देशित छैन । समयक्रमले धेरै परिवर्तन ल्याउन सक्छ, अहिलेका देशका लागि सोच्ने होनाहार युवाहरूको जमातलाई गलत निर्देशन दिने खालको संयन्त्र नेकपा एमाले या अझ विशेष गरेर ओलीको कार्यशैली नबनोस् भनेर आजको मितिमा शुभकामना मात्र दिन सकिन्छ ।

Post a Comment