Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी केन्द्रद्वरा प्रधानमन्त्रीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग



काठमाडौँ, असार २९ गते । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिन माग गरेको छ ।

केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले प्रम ओलीले पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने र व्यवस्थापिका–संसद्बाट बजेट पारित गराउन असहयोग गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

केन्द्रका अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसेको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको ठहर गरेको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारले आफूसित भएको नौबुँदे सहमति पालना नगरेको जनाउँदै मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक आज विहान ११ बजे बस्दैछ ।

रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget