Websoft University

www.radiomakalu.com || 021-522512


बालोन डि’ओरका लागि रोनाल्डो प्रमुख दाबेदारः नेयमार


neymar

काठमाडौं, साउन २ गते । बार्सिलोनाका फुटबलर नेयमारले फिफा बालोन डि’ओरका लागि आफ्नो क्लब टिममेट लिओनल मेस्सी भन्दा क्रिष्टियानो रोनाल्डो प्रमुख दाबेदार भएका बताएका छन् ।

रोनाल्डोले गत सिजन रियल मडि्रडलाई च्याम्पियन्स लिग जिगाए भने पोर्चुगलले हालै मात्र युरो कपको उपाधि जितेको छ ।
मेस्सीले बार्सिलोनाबाट ला लिगा जिते भने अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पुर्‍याएपनि उपाधि जित्न चुके । उनले पेनाल्टी मिस गरेका थिए ।

गत वर्ष बालोन डि’ओरको मनोनयनको अन्तिम तीनमा परेका नेयमारले भनेका छन्, उपाधि जित्नुले बालोन डि’ओरको दौडमा महत्वपूर्ण भूमिका खेल्छ ।’

उनले अघि भने, रोनाल्डोले च्याम्पियन्स लिग जिते र अहले युरो २०१६ पनि । मलाई लाग्छ उनी – बालोन डि’ओरको दौडमा) राम्रो अवस्थामा छन् ।’



रोनाल्डोले २००८ का साथै २०१३ र २०१४ मा बालोन डि’ओर जितेका थिए । तर, २०१५ मा मेस्सीले उपाधि जिते । मेस्सीले अहिलेसम्म लगातार चार पटकसहित पाँच पटक बालोन डि’ओर जितेका छन् ।, - अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget