Websoft University

www.radiomakalu.com || 021-522512


न्यायाधीशको संसदीय सुनुवाइ आजदेखि

काठमाडौँ, साउन १२ गते । सर्वोच्च अदालतमा सिफारिस ११ स्थायी न्यायाधीशको स्थगित संसदीय सुनुवाइ प्रक्रिया बुधबारबाट हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले स्थगित सुनुवाइ प्रक्रिया अघि बढाउन बुधबार बिहान ८ बजे समिति बैठक बोलाएको छ । समितिले बुधबार रोलक्रममा ६ जना न्यायाधीशको सुनुवाइ गर्नेछ ।
साउन २ गतेका लागि तय भएको सुनुवाइ सभापति कुलबहादुर गुरुङले अस्वस्थताको जानकारी दिँदै स्थगित गर्न सचिवालयलाई निर्देशन दिनुभएको थियो ।
संसदीय सुनुवाइ विशेष समितिका सचिव ध्रुवप्रसाद घिमिरेले बुधबारबाट सुनुवाइ गर्नेगरी बैठक बोलाइएको जानकारी दिनुभयो । सचिव घिमिरेले भन्नुभयो ‘बुधबार बिहान ८ बजेका लागि बैठक बोलाइएको छ । भोलि रोलक्रमका ६ जना न्यायाधीशलाई बोलाउने तयारी छ । ’
सिफारिस भएको झन्डै पाँच महिनापछि न्यायाधीशको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय समितिले गरेको थियो । न्याय परिषद्ले गत फागुन १८ गते सर्वोच्चका लागि ११ स्थायी न्यायाधीश सिफारिस गरेको थियो ।
परिषद्ले फागुन १८ गते पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, दीपक कार्की, मीरा खड्का, शारदाप्रसाद घिमिरे, केदार चालिसे र विश्वम्भर श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा सिफारिसमा गरेको थियो ।
त्यस्तै कानुन व्यवसायीबाट चार जना सिफारिस भएका थिए । वरिष्ठ अधिवक्ताहरू हरिकृष्ण कार्की, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान र अनिलकुमार सिन्हा सिफारिसमा पर्नुभएको थियो । कार्की र मल्ल एमालेको तथा राउत र सिन्हा काँग्रेसको कोटाबाट न्यायाधीशमा सिफारिस हुनुभएको हो ।
न्यायाधीश सिफारिस रोलक्रममा पुनरावेदन अदालत बागलुङका मुख्य न्यायाधीश दीपककुमार कार्की, विराटनगरका मुख्य न्यायाधीश केदार चालिसे, बुटवलका मुख्य न्यायाधीश शारदाप्रसाद घिमिरे, इलामकी मुख्य न्यायाधीश मीरा खड्का, तत्कालीन महान्यायाधिवक्ता हरिकृष्ण कार्की हुनुहुन्छ ।
यस्तै, पुनरावेदन अदालत हेटौँडाका मुख्य न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, राजविराजका मुख्य न्यायाधीश ईश्वरप्रसाद खतिवडा, पाटनका मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान हुनुहुन्छ ।
सिफारिस रोलक्रमका आधारमा सुनुवाइ अघि बढेमा बुधबार दीपककुमार कार्की, केदार चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको सुनुवाइ हुनेछ । बुधबारको बैठकमा प्रस्तावित ६ जनाको सुनुवाइ भएमा अन्य बैठकमा क्रमशः ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको सुनुवाइ हुनेछ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget