काठमाडौं, असार २९ गते । व्यवस्थापिका संसद बैठक सुरु हुनु अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ ।
संसद भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकपछि नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसद बैठक सुरु अघि नै वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने जानकारी दिएका हुन् ।अविश्वासको प्रस्ताव दर्ता गराए पनि बजेट पारित गर्न भने सहयोग गर्ने पोख्रेलले प्रष्ट पारे ।
बिहान एघार बजे बस्ने तय भएको बैठक विशेष कारण देखाउँदै अपरान्ह तीन बजेसम्मका लागि स्थगित गरिएको छ । माओवादीले तीन बजे अघि नै राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो ।- अनलाइनखबरबाट

Post a Comment