Websoft University

www.radiomakalu.com || 021-522512


पहिरोको कारण मेची राजमार्ग अबरुद्ध

Pahiro_Pachthar

ताप्लेजुङ,साउन ११ गते । निरन्तरको बर्षापछि पाँचथरको फिदिममा पहिरो झर्दा मेची राजमार्ग अबरुद्ध भएको छ ।

गएराति मेचि राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालीका दुई स्थित डुम्रे भन्ने स्थानमा सडक खण्ड माथिबाट पहिरोसँगै ठूला ठूला ढुङ्गा झरेकाले राति देखिनै सडक अबरुद्ध भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि कृष्ण कोईरालाले जानकारी दिएका छन् ।

अहिले स्का भेटरको सहायतामा पहिरो पन्छाउने प्रयास भइरहेपनि ठूला ढुङ्गाको कारण सडक खुलाउन समस्या भएको प्रमुख कोइरालाले बताए ।

राजमार्गमा खसेका ढुंगा पन्छाउनका लागि आवश्यक सामग्री जोहो गरिरहेको नेपाली सेनाको भैरवीदल गणले जनाएको छ ।

रातिनै पहिरो भरेका कारण ताप्लेजुङ र पाँचथर सदरमुकाम फिदिम देखि ईलाम, हुँदै झापा लगायतका स्थानमा जाने सयौँ सवारीसाधन बीच बाटोमानै अलपत्र परेका छन् ।



पहिरोका कारण जाममा फसेका बिरामी तथा अपांगलाई पाँचथर प्रहरीले उद्धार गरी फिदिम पुर्‍याएको छ ।

पहिरो झरेको खबर पाउनसाथ जिल्ला प्रशासन कार्यालय पाँचथर बाट प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका तीनवटै सुरक्षा निकायका सुरक्षा अधिकारीहरु समेतले बिहान पहिरोको अवलोकन गरेका थिए ।-रविन भट्टराई, अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget