Websoft University

www.radiomakalu.com || 021-522512


डा. केसीको अनशनको विरोधमा प्रदर्शन


Rally against Govind KC
काठमाडौं, साउन २ गते । डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन भएको भोलिपल्ट विरोधमा राजधानीमा चिकित्सक, विद्यार्थी लगायतको अर्को जुलुस निस्किएको छ ।

नेपाल मेडिकल एण्ड डेन्टल कलेज एसोसिएसनको आहृवानमा भएको भृकुटीपण्डपबाट सुरु भएको प्रदर्शन माइतीघर मण्डलामा आएर समापन भएको थियो । सिमसिम पानीका बीच भएको प्रदर्शनमा सहभागीहरुले डा. केसीमाथिको राजनीति बन्द गर, स्वास्थ्य शिक्षा स्वदेशमै, मेडिकल कलेजका लागि न्याय जस्ता प्लेकार्ड बोकेका थिए ।



चिकित्सा शिक्षामा सुधार र अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई बर्खास्त गर्न माग गर्दै डा. केसी एक सातादेखि आमरण अनसनमा बसिरहेका छन् । उनको स्वास्थ्य गम्भिर बस्दै गएपछि चिकित्सक, विद्यार्थीहरुले शनिबार प्रदर्शन गरेका थिए ।

आइतबारको प्रदर्शनमा सहभागी डा. भोला रिजालले डा. केसीले अस्पताल परिसरमा अनसन बसेेर अपराध गरेको आरोप लगाए । उनले केसीका मागहरु निजी क्षेत्र विरोधी भएको दाबी पनि गरे ।

यसैगरी नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक प्रा. डा. दिपक भट्टराईले डा. केसीले निजी मेडिकल कलेजको विरोध गरेर विद्यार्थीहरुलाई विदेशका कलेजमा पढ्न जान वाध्य पारेको आरोप लगाए ।
Rally against Dr. Govind KC 1
Rally against Dr. Govind KC 2
Rally against Dr. Govind KC 4


कविन अधिकारी, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget