Websoft University

www.radiomakalu.com || 021-522512


बलजफ्ती नगर्न दलहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी



प्रधानमन्त्री केपी शर्मा ओलीले दलहरुलाई बलजफ्ती नगर्न चेतावनी दिनुभएको छ । अविश्वास प्रस्तावको नाममा चिन्ता या ईश्र्या प्रस्ताव पेश गरेर दलहरुले संसदलाई जथाभावी गर्ने स्थानको रुपमा लिएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो ।



सरकार संविधानको पालना गरेर अघि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले वलजफ्ती नगर्न दलहरुलाई चेतावनी दिनुभएको हो । वहूमत नभएपछि सरकारमा बस्न नसकिने कुरा सबैलाई थाहा भएको भन्दै उहाँले संविधानले व्याख्या गरेअनुरुप सरकारको वहिर्गमन हुने बताउनुभयो । संसदमा प्रस्तुत भएका विधेयकहरु गायव गरेको आरोप लगाउदै उहाँले संसद जथाभावी गर्ने स्थान नभएको भन्दै दलहरुलाई सचेत गराउनुभएको छ ।
जिफन्टद्धारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आर्थिक विधेयक गायव पारेर विधेयक पारित नगराउन ठूलो खेल भएको भन्दै भोलि बस्ने संसद बैठकमा पहिले आर्थिक विधेयकको खोजी गरिने प्रष्ट पार्नुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget