Websoft University

www.radiomakalu.com || 021-522512


बाढी-पहिरोले विद्युत आयोजनामा निर्माण सामाग्री अभाव


Upper-Tamakoshi-Hydro

काठमाडौँ,साउन ४ गते १ । मनसुनका कारण देशभर बाढी-पहिरो जान थालेपछि विद्युत आयोजनाहरु प्रभावित भएका छन् । निर्माणाधीन ४५६ मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई आवश्यक निार्माण सामाग्रीको अभाव भएको छ ।

विभिन्न ठाउँमा गएको पहिरोका कारण निर्माण सामाग्री ढुवानी गर्न नसकिएपछि निर्माण सामाग्रीको अभाव भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । गत वर्ष नै विद्युत उत्पादन गरिसक्ने लक्ष्य रहेको यो विद्युत आयोजना भूकम्प र नाकाबन्दीका कारण अवरुद्ध भएको थियो । भूकम्प आउनु ठीक अघि आयोजनाको निर्माण कार्य ७६ प्रतिशत सकिएको थियो । हाल करिब ८२ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

भोटेकोशीमा आएको बाढी पहिरोका कारण मध्य भोटेकोशी, भोटेकोशी जलविद्युत आयोजना ठप्प भएका छन् । बाढी-पहिरोले सडक अवरुद्ध गरेपछि अन्य विद्युत आयोजनाहरुलाई पनि निर्माण सामाग्रीको अभाव भएको छ ।

आयोजनाहरुलाई सिमेन्ट, रड, इन्धनलगायतका निर्माण सामाग्री ढुवानी गर्न कठिन भएपनि आयोजनाहरु पूर्णक्षमतामा सञ्चालन हुन नसकेको ती आयोजनासम्वद्ध अधिकारीहरुले जानकारी दिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको सान्जेन, तल्लो सान्जेन र रसुवागढी जलविद्युत् आयोजनालाई निर्माण सामग्रीको अभाव भएको छ । रसुवाको राम्चे, कालीकास्थानलगायतका क्षेत्रमा पहिरो गएको चिलिमेले जनाएको छ ।

सान्जेन १४.८ मेगावाट र तल्लो सान्जेन ४२.५ मेगावाट विद्युत उत्पादन क्षमताको आयोजना हो । त्यसैगरी, १०११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले पनि निर्माण सामाग्री अभाव भएको जनाएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget