Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक मुढभेडतर्फ



प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमाले र कांग्रेस-माओवादी गठबन्धनका बीच असमझदारी नहटेका कारण आजको संसद बैठक मुढभेडतर्फ जाने सम्भावना बढेको छ।

आज १२ बजे शीर्ष दलका नेताहरुको बैठक सिंहदरवारमा डाकिएको थियो, तर प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषदको बैठक भएकाले आफू अनुपस्थित रहने जानकारी दिए।

त्यसपछि उक्त बैठकलाई १ बजेका लागि बानेश्वरमा डाकिएको छ र त्यहाँ असमझदारी हटाउन प्रयास हुनेछ। तर, समाधान सहज देखिँदैन। आज नै कांग्रेस-माओवादी गठबन्धनले अविश्वासको प्रस्तावलाई जसरी भए पनि अघि बढाउने निर्णय गरिसकेको छ।

उता सभामुख ओनसरी घर्तीले पनि आज संसदको काम-कारबाही निर्धारित समयमै अघि बढाउने निर्णय गरिसकेको जानकारी घर्तिका प्रेस सल्लाहकार बबिन शर्माले बताए।

दुबैतर्फको अडानका कारण आज संसद मुढभेडतर्फ जाने सम्भावना बढेको हो।

सरकारले प्रस्तुत गरेका आर्थिक लगायत ३ विधेयकहरू संसद्को कार्यसूचीबाट पन्छाएर अविश्वासको प्रस्ताव सम्बन्धि एजेण्डा अघि बढाइएको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरिरहेको छ। घर्ती माओवादी पार्टीका तर्फबाट सभामुखमा निर्वाचित भएकी हुन्।

यदि सरकारले प्रस्तुत गरेका विधेयकहरु पन्छाएर अविश्वासको प्रस्ताव अघि बढाइएमा आफूलाई कुनै पनि हालतमा स्वीकार नहुने एमाले सचिव प्रदीप ज्ञवालीले सेतोपाटीलाई बताए।

‘अविश्वासको प्रस्ताव अघी बढोस् त्यसमा हामीले आपत्ति भएन। तर, पहिले विधेयकको साटो अविश्वासको प्रस्ताव अघि बढे त्यसलाई हामीलाई स्वीकार्दैनौं,’ नेता ज्ञवालीले भने, ‘संसदमा हाम्रो कदम के हुन्छ भन्ने कुरा सभामुखले कस्तो निर्णय गर्नु हुनेछ भन्नेमा भर पर्छ।’- सेतोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget