Websoft University

www.radiomakalu.com || 021-522512


सेतीबेनी बजार डुबानमा, ५० घर उच्च जोखिममा



पर्वत, साउन ११ गते । लगातारको वर्षाका कारण स्याङ्जा, गुल्मी र पर्वतको संगमस्थल सेतीबेनी बजार डुबानमा परेको छ । जोखिम क्षेत्रका बासिन्दालाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।


फाइल तस्वीर

बाढीका कारण पर्वत जिल्लाका ५ र स्याङ्जा जिल्लाका १० गरी १५ घर डुबानमा परेको सेतीबेनी प्रहरी चौकीले जनाएको छ । पश्चिमबाट कालिगण्डकी नदी र उत्तरबाट सेतीखोलामा बाढी आउँदा विश्वकै ठूलो शालीग्राम शिलासहित शिव मन्दिरलगायतका क्षेत्रसमेत डुबानमा परेका छन् ।

डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीको बहाव बढ्दै गएकाले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्वत तर्फ रहेको सेतीबेनी उच्च माविसहितका ५० घर उच्च जोखिममा परेका छन् । उच्च जोखिममा रहेका सेतीवेनी बजारका बासिन्दालाई प्रहरीले उच्च सतर्कता अपनाउन भनेको छ ।

सेतीबेनी बजार डुबानमा परेपछि कालिगण्डकी ए जलविद्युत आयोजनाका लागि स्याङ्जाको मिर्मीमा बनाइएको बाँधका सबै ढोका खोलिएको छ । सेतीबेनीदेखि मिर्मीसम्म सञ्चालित जलयातायात अवरुद्ध भएको छ । करिब एक सय जना यात्रुहरु बोक्ने एक दर्जन स्टिमरहरु चल्न नसक्दा पर्वत, गुल्मी र स्याङ्जाका कतिपय गाउँहरुमा सामान ढुवानी गर्न र आवात-जावत गर्न बन्द भएको छ ।

– माधव पराजुलीबाट, अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget