Websoft University

www.radiomakalu.com || 021-522512


सभामुख घर्तीले नौ पटकको प्रयासमा बल्ल भेट्न पाइन् प्रधानमन्त्री !

oli and gharti

काठमाडौं, साउन ४ गते। सभामुख ओनसरी घर्तीले पूर्व पार्टी माओवादीको इच्छा अनुसार अविश्वासको प्रस्तावमाथि छलफल तोकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रुष्ट छन् ।

सभामुखले निश्पक्ष भूमिका नखेलेको भन्दै सार्वजनिक रुपमा आपत्ति जनाएका ओली र घर्तीबीच मंगलबार विहान भेटवार्ता भयो । आफ्नै निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले आफू अल्पमतमा परेको कसरी थाहा भो भन्दै प्रश्न गरे ।

प्रधानमन्त्रीसँगको भेटलगत्तै सभामुख घर्तीले अनलाइनका सम्पादकहरुसँग भेट गरिन् र आफ्नो पीडा पोखिन् ।

उनका अनुसार नौ पटकको प्रयासमा मात्र मंगलबार विहान प्रधानमन्त्री ओलीसँग भेट सम्भव भएको हो । ‘म उहाँलाई भेट्न कार्यालयमै गएकी थिएँ, बाहिर जानु भएको छ, एकछिनमा आउनुहुन्छ भनियो,’ केही दिनअघि प्रधानमन्त्रीलाई भेट्न गएको प्रसंग सुनाउँदै सभामुख घर्तीले भनिन्, ‘आधा घन्टा कुर्दा पनि भेट गराइएन ।’

आफ्नो बारेमा प्रधानमन्त्रीलाई गलत रिपोर्टिङ गरेर भ्रममा राखेको पाइएको उनले सुनाइन् । विनियोजन विधेयकसम्वन्धी तीन विधेयक आफूले हटाएको भनेर प्रधानमन्त्रीलाई गलत रिपोर्टिङ गरेको पाइएको भन्दै उनले भनिन्, ‘मैले २९, ३० र ३१ गते सहमतिको प्रयास गरेँ ।’

आफू पनि विनियोजन विधेयकसँग सम्वन्धित विधेयक पास गरेर मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्ने पक्षमा रहेको तर, दलहरुबीच सहमति नजुटेको उनले बताइन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget