Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी केन्द्रको वैठक शुरु , ओली सरकारको भविष्यमाथि निर्णय हुन सक्ने



काठमाडौं, असार २२ गते । केपी ओली सरकारको भविष्यमाथि छलफल गर्न आज पनि नेकपा माओवादी केन्द्रको वैठक शुरु भएको छ । हिजोबाट शुरु भएको वैठकमा पार्टीको नयाँ कार्यविधि र सरकारको समीक्षा मुख्य एजेन्डा छन् । वैठक आज ११ बजे पेरिसडाँडा शुरु भएको हो ।

वैठकमा हिजो एजेन्डा राख्दै प्रचण्डले सरकारमा निरही भएर बस्नुभन्दा प्रतिपक्षमा बसेर जनताको पक्षमा आवाज उठाउन उपयुक्त हुने धारणा राखेका थिए । आज सरकारमाथि वैठकमा थप छलफल हुने नेता हेमराज भण्डारीले बताए ।
dfcf]jfbL s]Gbsf] kf]ln6Jo"/f] a}7s g]kfn sDo'lgi6 kf6L{ -dfcf]jfbL s]Gb|_ sf] s]Gb|Lo sfof{no k]l/; 8fF8fdf dªunaf/ a;]sf] s]Gb|Lo sfof{nosf] kf]ln6Jo"/f] a}7sdf ;xefuL cWoIf k'iksdn bfxfn k|r08nufotsf g]tfx? . tl:a/ M /Tg >]i7, /f;;

हिजोबाट सुरु भएको पोलिटब्युरोको बैठकमा नेताले जनतातर्फ फर्कने पार्टी सङ्गठन निर्माण गरेर जानुपर्नेमा जोड दिएका थिए । धारणा राख्ने अधिकांश नेताले विभिन्न टुक्रामा विभक्त माओवादी पार्टी तथा घटकको एकताले कार्यकर्ता तहमा नयाँ उत्साहको सञ्चार भएको भन्दै त्यसलाई जनताको तहसम्म पु¥याउनुपर्नेमा जोड दिएका थिए । जनतालाई एकताबद्ध बनाएर लैजाँदामात्रै पार्टीको प्रभाव बढ्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन र सोही खालको नीति तथा कार्यक्रम बनाउन पार्टी नेतृत्वलाई सुझावसमेत दिएका थिए ।

हिजोको वैठकमा सातवटै प्रदेशका इन्चार्ज र प्रवास अन्तर्राष्ट्रिय राजनीतिक तथा सङ्गठनात्मक कामको प्रतिवेदन पेस गरिएको थियो । रिपोर्टिङका क्रममा माओवादीबीचमा भएको पार्टी एकताले पार्टी पङ्क्ति, सहिद, बेपत्ता परिवार, घाइते अपाङ्गता भएका कार्यकर्ता र आम जनतामा सकारात्मक प्रभाव र उत्साह पैदा भएको भन्दै सो उत्साहलाई संस्थागत गर्नुपर्नेमा जोड दिइएको थियो ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget