Websoft University

www.radiomakalu.com || 021-522512


इम्युन सिस्टमलाई बलियो बनाउन लेमन ग्रास टी

काठमाडौँ, जेष्ठ २७ गते  । इम्युन सिस्टमलाई बलियो बनाउन लेमन ग्रास टी पर्याप्त लाभदायक हुन्छ । यसमा भिटामिन ए, सी, फोलेट, फोलिक एसिड, म्याग्नेसियम, कपर, पोटासियम तथा क्याल्सियमको मात्रा बढी हुन्छ ।  


–यसमा भएको एन्टिसेप्टिक कम्पाउन्डले पेटका हानिकारक ब्याक्टेरिया मार्छ । यसले कब्जियत, डायरिया, अपच तथा पेटमा कुनै समस्या हुँदैन । 

–कोलस्ट्रोल तथा उच्च रक्तचाप नियन्त्रण गर्छ ।
–नियमित लेमन ग्रास पिए शरीर डिटक्स हुनुका साथै खराब पदार्थ पिसाबको माध्यमद्वारा बाहिर निस्कन्छ । यसले मिर्गौला, कलेजो, ब्लेन्डर तथा प्यांक्रियाजको सफाइ पनि हुन्छ । 

–यो एन्टिब्याक्टेरियल तथा एन्टिफंगल गुणयुक्त हुन्छ । त्यसैले रुघा, खोकी तथा ज्वरोबाट पनि राहत मिल्छ । यसमा भएको भिटामिन सीले इम्युन सिस्टमलाई बलियो बनाउँछ । 

–यसमा भएको एन्टिअक्सिडेन्टले क्यान्सर पैदा गर्ने कोशिका नष्ट गर्छ । 

–ल्याक्टेसन पिरियडमा दुई कप लेमन ग्रास पिए शिशुहरू संक्रमणबाट जोगिन्छन् । गर्भावस्थामा भने यसको सेवन गर्नुुहुँदैन ।
–फंगल इन्फेक्सन हुन दिँदैन । यसको सेवनले अनुहारमा चायाँ आउँदैन । यो चिया ओइली स्किन भएकाहरूले पिउनु लाभदायक हुन्छ ।
–तौल नियन्त्रण राख्न सहयोगी हुन्छ ।


http://nari.ekantipur.com/news/2016-05-09/20160509141836.html

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget