Websoft University

www.radiomakalu.com || 021-522512


Euro Preview : पोर्चुगल र पोल्याण्डमा कसले बाजी मार्ला ?



समय र स्थान : फ्रान्सको मार्सेलीस्थित स्टेडी भेलोडोर्मीमा शुक्रबार पोल्याण्डले पोर्चुगलको सामना गर्नेछ ।

पोल्याण्ड विरुद्ध हुने क्वाटरफाइनल खेलमा क्रिष्ट्रियानो रोनाल्डो अझै परिपक्व ढंगबाट प्रस्तुत हुने अनुमान गरिएको छ । विश्वकै नम्बर एक फुटबलरका रुपमा उनीभन्दा अघि रहेका लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि रोनाल्डोसामू केही गरेर देखाउने अवसर छ । रोनाल्डोलाई के थाहा छ भने एउटै मात्र अन्तर्राष्ट्रिय उपाधी जित्नसके मेसीभन्दा उनको नाम अगाडी आउनेछ । त्यसका लागि यस संस्करणको युरो जत्तिको सहज मौका अर्को नहुन सक्छ । ढल्कदोँ उमेरका कारण पनि रोनाल्डोका लागि युरो २०१६ उपाधी जित्ने लगभग अन्तिम अवसर हो ।
Poland-vs-portugal


रोनाल्डोले गत संस्करणमा पोर्चुगललाई युरोको सेमिफाइलनसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । तर स्पेनसँग टाइब्रेकरमा पराजित भएपछि रोनाल्डोको उपाधी जित्ने सपना चकनाचुर भयो । सन् २००८ मा पोर्चुगल क्वाटरफाइनलबाटै बाहिरिएको थियो । घरेलु मैदानमै भएको युरो २००४ मा भने पोर्चुगल फाइनलसम्म पुग्यो । त्यही युरोकपले म्यानचेस्टरका युवा विंगर रोनाल्डोलाई विश्वचर्चित खेलाडी बनाएको हो । तर लुईस फिगो, रुई कोस्टा लगायत चर्चित खेलाडीले भरिएको पोर्चुगल ग्रिससँग फाइनलमा पराजित भएपछि इतिहासमै पहिलो उपाधी जित्न असफल भयो । रोनाल्डो खेलपछि निकै बेरसम्म रोए ।

सन् २००४ मा उपाधी नजिक पुगेर पनि असफल भएको पोर्चुगल पहिलेजस्तो बलियो अवस्थामा छैन । रोनाल्डो पहिलेभन्दा निकै निखारिएका छन् । उनी पोर्चुगलका कप्तान र प्रमुख खेलाडी हुन् । त्यसैले आजकल पोर्चुगलको हार र जीतको फैसला रोनाल्डोकै प्रदर्शनमा निर्भर हुन्छ । सेमिफाइनलमा क्रोयशियासँग १ सय १७ मिनेट मैदानमा डटेका पोर्चुगिज खेलाडीहरु पोल्याण्ड विरुद्ध जीत हासिल गर्दै अन्तिम चारको यात्रा गर्न अग्रसर छन् । पोर्चुगललाई सजिलो के पनि छ भने अन्तिम चारमा पुग्न सके वेल्स वा बेल्जियममध्ये एक प्रतिद्धन्द्धी उसले पाउनेछ । यि दुबै टोलीलाई हराउनु उसका लागि खास गाह्रो विषय होइन ।

पोल्याण्डको अवस्था पनि उस्तै छ । पोल्याण्डको इतिहास पोर्चुगल जत्तिको गौरवपूर्ण छैन । तर टोलीमा रोर्बट लेवान्डोस्कीजस्ता गेम चेन्जर छन् । त्यस्तै उनीहरुको डिफेन्स मजबुत छ ।

संभावित एघार

पोल्याण्डका लागि लुकाज फाबियान्स्कीले खेल्नेछन् । वोजसिच सेजेस्नी अझै चोटसँग संघर्ष गर्दैछन् । आर्काडियूज मिलिकले अहिलेसम्म थुप्रै मौका खेर फालिसकेका छन् । त्यस्तै रोर्बट लेबान्डोस्की पनि फ्रान्समा चल्न सकेका छैनन् । तर पनि पोल्याण्डले यिनै खेलाडीमाथि भरोसा राख्नेछ ।

पोर्चुगलले रिकार्डो क्यूरिज्मालाई नखेलाउन सक्छ । उनले यसअघि क्रोयशिया विरुद्ध निर्णायक गोल गरेका थिए । रेनाटो सान्चेज भने पोर्चुगलको सुरुआती एघारमा हुनेछन् । यसबाहेक पेपे, रिकार्डो काल्भारो, नानी र रोनाल्डो पोर्चुगलका लागि महत्वपूर्ण अर्थ राख्ने खेलाडी हुन् । पोल्याण्डका प्रशिक्षक एडम नावाल्काले आफ्नो टिम लेवान्डोस्कीमाथि भर नपरेको बताएका छन् –‘उनले हाम्रो टोलीका लागि निकै राम्रो खेल्दैछन् । तर हाम्रो टोली कुनै एक खेलाडीमा निर्भर छैन् । सबै खेलाडीले एकअर्काको भावना बुझेर खेलेकै कारण हामीले यहाँसम्मको यात्रा गरेका हौँ ।’– प्रशिक्षक एडमले भनेका छन् ।

यता, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले क्रोयशिया विरुद्धको खेलपछि आफ्नो खेलाडीहरुले राम्रो पाठ सिकेको बताएका छन् । ‘त्यो खेल निकै रोमान्चक, रणनीतिक र उत्कृष्ट थियो । खेलाडीहरुले त्यस खेलबाट धेरै सिके ।’ उनीहरु अझै उत्कृष्ट भएर प्रस्तुत हुनेछन् ।’– सान्तोषले भनेका छन् ।

हेर्नलायक खेलाडी : नानी
nani

जारी प्रतियोगितामा नानीले २ गोल गरेका छन् । उनले समूह चरणमा आईसल्याण्ड विरुद्ध एक गोल गरे भने हंगेरी विरुद्ध पोर्चुगलले ३–३ गोलको बराबरी खेल्दा अर्को एक गोल गरे । विपक्षी खेलाडीहरुले पोर्चुगिज स्टार रोनाल्डोलाई मार्क गर्दा नानीले गोल गर्ने संभावना रहन्छ । नानी दाहिँने खुट्टाले उत्कृष्ट खेल्छन् । तर थुप्रै मौकामा उनले देब्रे खुट्टाले पनि करामत देखाएका छन् । रोनाल्डो र नानी एकसाथ मैदानमा खेल्दा विपक्षीहरुलाई जहिल्यै अफ्टेरो महसूस हुन्छ किनकी दुई खेलाडीमध्ये एकलाई मार्क गर्दा अर्को खेलाडीले क्षणभरमै खेल परिवर्तन गर्ने क्षमता राख्छ ।

सन् २००७ मा म्यानचेस्टर आएपछि नानीको तुलना रोनाल्डोसँग हुदैँ आएको थियो । तर सन्काहा स्वभावका कारण नानी जहिल्यै विवादमा फसे । उनीमाथि सधैँ आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको आरोप लाग्छ । त्यति हुदाँ हुदँै पनि नानी बिग म्याच प्लेयर हुन् भन्ने विषयमा कसैलाई शंका छैनन् । उनी गोल गर्नभन्दा पास दिन माहिर छन् ।

म्यानचेस्टर युनाइटेडमा ८ सिजन बिताउने क्रममा नानीले ४ प्रिमियर लिग, एक पटक च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधी जितिसकेका छन् । सन् २०१५ मा म्यानचेस्टर युनाइटेड छाडेपछि लोनमा आफ्नो पुरानै क्लब स्पोर्टिङ सिपि फर्किएका नानी त्यसै वर्ष टर्किस क्लब फेनरवासतर्फ गएका थिए । उनले फेनरवासमा २८ खेल खेल्दै ८ गोल गरिसकेका छन् । २९ वर्षका नानीका लागि यस संस्करणको युरो ठूलो उपाधी जित्ने अन्तिम अवसर पनि हुनसक्छ ।- रातोपाटीबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget