काठमाडौं , असार ८ गते । नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा पाँच जना मनोनित भएका छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार पाँच सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७२) को धारा ११ को उपधारा २ (ङ) बमोजिम उनीहरुलाई सदस्य पदमा मनोनित गरेको निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन् । - अनलाइनखबरबाट
Post a Comment