Websoft University

www.radiomakalu.com || 021-522512


विदेशमा कार्यरत नेपालीको रकम सञ्चयकोषमा जम्मा गराउन समझदारी



काठमाडाैं, असार १० गते । कर्मचारी सञ्चय कोष र गैर आवासीय नेपाली संघ (एनआरएनए) बीच विदेशमा कार्यरत नेपाली कामदारलाई कर्मचारी सञ्चय कोषमा आवद्ध गर्नका लागि सहकार्य गर्नेबारे समझदारी भएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बीच कोषका प्रशासक कृष्ण आचार्य र एनआरएन अध्यक्ष शेष घलेले ७ बुँदे समझदारी पत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् ।

एमओयुमा सञ्चय कोष ऐन संशोधनपछि प्रवासी नेपाली कामदारलाई कोषबाट सामाजिक सुरक्षा प्रदान गर्ने प्रक्रियाको लागि संयुक्त अध्ययन गर्ने उल्लेख छ ।

अहिले संसदमा कर्मचारी संचय कोष ऐन-२०१९ को संशोधन विधेयक दर्ता भइसकेको छ । यो पास भएपछि कोषले विदेशमा रहेका कामदारले कमाएको निश्चित रकम कोषमा जम्मा गर्ने गरी अध्ययन अघि बढाएको छ ।

(यो पनि पढ्नुस्ः विदेशको कमाइ अब सञ्चय कोषमा बचत ! कोरियाबाट सुरु गर्ने तयारी)

पहिलो चरणमा कोरिया गएका कामदारको रकम कोषअन्तरगत जम्मा गर्नेबारे छलफल अघि बढेको छ । दुई संस्थाबीच वैदेशिक रोजगारीमा रहेका कामदारको कट्टी रकम कोषमा ल्याउन लागि सहयोग गर्ने, कामदारको सामाजिक सुरक्षा सम्बन्धी विषयमा हुने गोष्ठी, छलफलमा कोषलाई एनआएनएले सहभागी गराउने, कोषमार्फत बजारीकरण मिलाउने, सूचना र जानकारीहरु आदनप्रदान गर्ने समझादरी भएको छ ।

कार्यक्रममा एनआरएनए अध्यक्ष घलेले मासिक हजार रुपैयाँ जम्मा गर्ने एनआरएनको अभियान र कोषको कार्यदलले तयार गरेको सम्झौता प्रवासी कामदारको हितका लागि भएको बताए । उनले कामदारको हित, लगानी, प्रतिफल र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर सहकार्य गर्नुपर्ने बताए ।

कोषका प्रशासक आचार्यले दीगोपनको लागि कोष अन्तर्गत आप्रवासी कामदारको लागि विशेष कोष बनाएर अघि बढ्न सकिने प्रतिवद्धता जनाए ।

यस्तो कोषले देश निर्माणको अभियानलाई सघाउने भन्दै उनले सकैका लागि महत्वपूर्ण पनि हुने बताए । पहिलो चरणमा कोरिया गएका कामदारको रकम कोषअन्तरगत जम्मा गर्नेबारे छलफल अघि बढेको छ ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget