Websoft University

www.radiomakalu.com || 021-522512


योगलाई अब पर्यटनका रुपमा विकास गर्नुपर्छः मन्त्री पोखरेल

काठमाडौँ, असार ८ गते। पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले योगलाई पर्यटनकै अङ्गका रुपमा विकास गर्नुपर्ने बताएका छन्।नेपाल योगा एसोसियसनले दोस्रो विश्व योग दिवसको अवसरमा मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले योगलाई पर्यटनको रुपमा विकास गरी मुलुकलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेको बताए।



गौरीशङ्कर हिमालमा ऋषिमुनीहरुले तपस्या र योग गरेको उल्लेख गर्दै उहाँले ऋग्वेदमा योगको चर्चा गरिएको बताए।

भारतीय योगगुरु स्वामी विकासानन्दले शारीरिक र मानसिक समस्याबाट मुक्ति पाउन योग आवश्यक रहेको बताउँदै भने, “यसबारे वर्षको एक दिन भन्दा विद्यालय र अन्य सामाजिक क्षेत्रमा दिनदिनै चर्चा हुन जरुरी छ।”

नेपाल पर्यटन बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले योगको आकर्षण देखाएर मुलुकमा पर्यटकको आगमनलाई बढाउनुपर्ने सुझाव दिए।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले नेपालमा अन्तर्राष्ट्रिय योग केन्द्रको आवश्यकता रहेकाे बताए।

एसोसियसनका अध्यक्ष मोहन लम्सालले पर्यटन उद्योगलाई सबल बनाउन सरकारले योगमा पनि ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा पर्यटन र योगसम्बन्धी एक वृत्तचित्र प्रस्तुत गरिएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget