काठमाडौं , असार ४ गते । अर्थशास्त्रीहरुले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन काट्न र दियो बाल्नका लागि दिनको पाँच वटासम्म कार्यक्रममा पुग्ने तालिकामा हेरफेर गर्नुपर्ने बताएका छन् ।
रिबन काट्ने र दियो बाल्ने कार्यक्रममा पुगेर नारा लगाएका भरमा मुलुकमा आर्थिक समृद्धि नहुने भन्दै उनीह?mले बजेटको कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीले अहिलेको काम गराइमा परिवर्तन गर्नुपर्ने बताए ।
रिपोर्टस क्लबले शनिबार काठमाडौमा गरेको साक्षात्काकारमा अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेलले बजेटको कार्यान्वयनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई जिम्मेवारी तोकेर पत्र दिनुपर्ने र समयावधिभित्र काम गर्न नसके उनीहरुलाई पदच्युत गर्ने हिम्मत गर्नुपर्ने बताए । मन्त्रीहरुले तोकिएको जिम्मेवारी अनुसार काम गरे/नगरेको तथा आयोजनाहरुको काममा प्रगति भए/नभएको थाहा पाउनका लागि प्रधानमन्त्रीले उद्घाटनका कार्यक्रममा जान बन्द गरेर हरेक दुई साताको बीचमा समीक्षा बैठक राख्नुपर्ने उनको सुझाव छ ।
साक्षात्कारमा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त पौडेलले बजेटको कार्यान्वयन हुन्छ/हुँदैन भन्ने कुरा प्रधानमन्त्रीको इच्छाशक्तिमा भर पर्ने बताए ।

योजना आयोगका सदस्य डा. पौडेलले दिइएको जिम्मेवारी पूरा नगरेको अवस्थामा कारवाही भोग्नका लागि आफू तयार रहेको बताए । - अनलाइनखबरबाट
Post a Comment