Websoft University

www.radiomakalu.com || 021-522512


झापा र आर्मी सेमिफाइनलमा भिड्ने

काठमाडौँ, असार १२ गते . विभागीय टिम आर्मी र झापा–११ ले अन्तिम आठमा शुक्रबार जित हात पार्दै ललित स्मृति यू–१८ फुटबलमा सेमिफाइनल भेट निश्चित गरेका छन् ।



सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा झापाले सुदूरपश्चिमलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्‍यो । यसअघि निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । दुवै गोल पहिलो हाफमा भए । निकै प्रतिस्पर्धात्मक खेलमा कप्तान सञ्जोग राईले ७८ औं मिनेटमा गोल गरेपछि झापा अगाडि बढेको थियो । तर, सुदूरपश्चिमले कडा संघर्ष गर्दै अन्त्यतिर गोल गरेपछि झापा रोकिएको थियो । दीपकराज सिंह ठकुरीले ८७ औं मिनेटमा बराबरीका लागि गोल गरेका थिए ।

टाइब्रेकरमा सुदूरपश्चिमका सुरुआती तीन प्रहारमा राजेश राजी, दीपेन्द्र बुढा र सुनील शाह चुकेका थिए । उसका जीवन चौधरीले मात्र बललाई १२ यार्डबाट पोस्टको दिशा दिएका थिए । जीवन गुरुङ र पुजन चौधरी असफल भए पनि कप्तान सञ्जोग, प्रमोद चौधरी र बोबिन बोहराले सटीक प्रहार गर्दै झापालाई जित दिलाएका थिए ।

दोस्रो खेलमा आर्मीले अर्को विभागीय टिम पुलिसको चुनौती २–० ले समाप्त पारेको थियो । समूह चरणमा लुम्बिनीसँग अविश्वसनीय रूपमा ६–० ले हारेको आर्मीलाई त्यसमा एरिक विष्ट र दिनेश हेमरनले गोल गर्दै सेमिफाइनलमा पुर्‍याएका हुन् ।

एरिकले पहिलो हाफको इन्ज्युरी टाइममा गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाएका थिए । दिनेशले ८९ औं मिनेटमा बललाई पोस्टको दिशा दिंदै आर्मीको जित सुनिश्चित गरेका थिए । सोमबार हुने पहिलो सेमिफाइनलमा संकटा र लुम्बिनी भिड्नेछन् । त्यही दिन आर्मी र झापा पनि फाइनल प्रवेशका लागि खेल्नेछन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget