Websoft University

www.radiomakalu.com || 021-522512


सहमतीय सरकारको गृहकार्य भइरहेको छ: रायमाझी

काठमाडौँ, असार ५ गते । उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन गृहकार्य भइरहेको बताएका छन् ।



आन्दोलनका उपलब्धीलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गरी चुनाव गराउन सबैको सहमति आवश्यक पर्ने बताए । ‘संविधान लागु गर्न केन्द्र, प्रदेश र स्थानीय निकायको चुनाव गर्नु आवश्यक छ,’ शनिबार अर्घाखाँची–पोखरा सम्पर्क समाजको अन्तर्क्रियामा उनले भने, ‘सरकार गिराउने र फेरि बनाउने भन्दा पनि सबै दल सरकारमा सहभागी भएर मिलेर अगाडी बढनुपर्छ, यसमा सरकारले सहमतिका साथ अगाडि बढ्न गृहकार्य गरिरहेको छ ।’

वर्तमान सरकारले ल्याएको बजेटले सबैतिर तरंग ल्याएको भन्दै विकास निर्माण, वृद्धभत्ता, सांसद विकास कोष, कर्मचारीको तलव वृद्धि लगायतमा योजनामा कांग्रेस लगायत सबैले विरोध गर्ने ठाउँ नै नभएको तर्क गरे ।

रायमाझीले अर्घाखाँचीको नौमुरे, वाग्लुङको उत्तरगंगा, बुढीगण्डकी लगायतका जलविद्युत योजनाका लागि बजेट छुट्टिएको र तत्काल टेण्डर खुलाएर काम अगाडि बढाउन ऊर्जा मन्त्रालयले तयारी गरिरहेको बताए । ‘ऊर्जा मन्त्रालयको घर–घरमा विजुली र जनजनमा सेयर भन्ने नारा अगाडि सारेर काम गरिरहेको छ,’ माओवादी संसदीय दलका उपनेता समेत रहेका रायमाझीले भने, ‘जसले जति पैसा राख्न सक्छ त्यतिको सेयर हुन्छ । जलविद्युत आयोजना पनि बन्ने, देश पनि धनी हुने र सेयर हालेका व्यक्ति पनि धनी बनाउने नीति छ । केही दिनभित्र टेण्डर खुल्छ ।’

उनले विकास निर्माणका काममा सबै दलका नेता मिलेर जानुपर्ने आवश्यकता रहेको बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget