Websoft University

www.radiomakalu.com || 021-522512


उद्दार सामाग्रीको अभावले प्रहरीलाई कठिनाई




म्याग्दी ,असार ६ गते । उद्दार सामाग्रीको अभाव हुँदा प्रहरीलाई विपद् व्यवस्थापनमा कठिनाई भएको छ ।

पर्याप्त उद्दार सामाग्री नहुँदा सुरक्षाकर्मीहरु जोखिम मोलेर कार्यक्षेत्रमा खटिने गरेका छन् । विपद् व्यवस्थापन र उद्दारका लागि स्रोत साधनको कमी हुँदा समस्या भएको म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।

प्रहरीसँग बेल्चा, गल, बाउसो, गमबुट, पलास्टिक म्याट, रैनकोट, पलास्टिक डोरी लगायतका सामाग्री सिमीत मात्रामा छ । पहिरो गएको, आगलागी भएको र बाढी आएको ठाउँमा खटिने सुरक्षाकर्मीहरुलाई उद्दार सामाग्रीको अभावमा काम गर्न कठिनाई भएको हो ।

औजार, स्रोत, साधनको व्यवस्थाका लागि जिल्ला प्रशासनसँग समन्वय गरिएको प्रनाउ खड्काले बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले प्रहरीसंग पर्याप्त उद्दार सामाग्री नहुँदा समस्या सिर्जना भएकाले आवश्यक व्यवस्थाका लागि पहल गरिएको जानकारी दिए ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरी आवश्यक औजार तथा सामाग्रीको व्यवस्था गरीने आचार्यले बताए । प्रहरी कार्यालयले विपद्मा उद्दारका लागि प्रहरी निरिक्षकको नेतृत्वमा दश जनाको सुरक्षाकर्मी टोली चौबीसै घण्टा तैनाथ राख्ने गरेको छ ।

यसैबीच नजिकिदो बर्खा याममा सम्भावीत विपद्को व्यवस्थापन र उद्दारका लागि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले आवश्यक तयारी गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले बर्खायाममा पहिरो, बाढी र कटानको जोखिम रहेका बस्तीका बासिन्दालाई सर्तकता अपनाउन अनुरोध गरेको छ ।

बाढी पहिरो आएको अवस्थामा उद्दार र राहतको कार्यलाई प्रभावकारी बनाउन समन्वयका साथै सुरक्षा निकायले उच्च सर्तकता अपनाएको सहायक प्रजिअ यादवनाथ आचार्यले बताए । प्रजिअको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पुर्वतयारी तथा प्रतीकार्य योजना तयार पारेको छ ।

रेडक्रस, जिविस, नगरपालीका र गाविस कार्यालयसँग पनि विपद् व्यवस्थापनका लागि समन्वय गरिएको सहायक प्रजिअ यादवनाथ आचार्यले बताए । रेडक्रस र प्रशासनले भाडाकुँडा, लत्ताकपडा, त्रिपाल जस्ता अत्यावश्यक सामाग्री जगेडा गरेर राखेका छन् । जिल्ला भुसंरक्षण कार्यालयका अनुसार म्याग्दीका एक हजार घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget