Websoft University

www.radiomakalu.com || 021-522512


आतंककारीको ट्रान्जिट बन्ने खतरामा नेपाल :

काठमाडौं जेष्ठ २२ गते ।’ अमेरिकाले पछिल्लो पटक निकालेको नयाँ रिर्पोटमा नेपाल अन्तर्राष्ट्रिय आंतककारीहरुको ट्रान्जिट प्वाईन्ट बन्न सक्ने खतरा औल्याएको छ । यस रिर्पोटमा भनिएको छ – ‘नेपालको कानूनले आतंकवादसँग सम्बन्धित गतिविधीलाई अपराध भएको छ । आंतककारीलाई सहयोग गर्नु पनि नेपालको कानूनमा अपराध हो । आपराधिक घटना नियन्त्रणका लागि नेपालसँ विशेष यूनिट समेत छ । तर नेपालको यूनिटले प्रभावकारी ढंगबाट शंकास्पद आतंककारीको पहिचान गर्न सकेको छैन् । भारतसँगको खुला सिमाना र विमानस्थलको कमजोर सुरक्षाका कारण खतरा छ ।’
cartoon-editorial2


दक्षिण एशियाली देशहरुले आंतकवादी गतिविधीहरुका कारण सास्ती खेप्नुपरेको छ । भारत, पाकिस्तान र अफगानिस्तानमा आतंककारी समूह धेरै छन् । भारतसँग नेपालको खुला सिमाना रहेका कारण पनि नेपाल आतंककारीका लागि सुरक्षित गन्तव्य हुनसक्ने अमेरिकी सञ्चारमाध्यम हफिङटन पोस्टले लेखेको छ । हफिङटन पोस्टको समाचारमा भारत र नेपालबीचको खुला सिमानामा कडा नियन्त्रण नभएका कारण संकट जहिल्यै रहने बताइएको छ । त्यस्तै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर रहेका कारण पनि आतंककारीहरुलाई नेपालको दुरुपयोग गर्न सहज हुने हफिङटन पोस्टले जनाएको छ ।

भारत र नेपाल सिमानामा निश्चित चेकप्वाईन्टहरु राखिएको भएपनि मानिसहरुले चेकप्वाईन्टभन्दा बाहिरबाट आवात जावत गर्ने गरेका छन् । भारतसँगको सबै सिमाना नेपालले निगरानी गर्न नसकेका कारण यस्ता खुला सिमाक्षेत्रबाट विभिन्न तस्करीहरु हुदैँ आएको हफिङटन पोस्ट लेखेको छ । यस्तो सिमाना प्रयोग गरेर सुरक्षाकर्मीको आँखा छल्दै अपराधी, तस्कर, चोर तथा अन्य सर्वसाधारण समेत सिमा वारपार गर्न स्वतन्त्र छन् । यसरी नै खुला सिमामार्फत चेलिवेटी बेचविखन भइरहेको पनि हफिङटन पोस्टको समाचारमा उल्लेख छ ।
.ratopati.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget