Websoft University

www.radiomakalu.com || 021-522512


द्वन्द्वकालीन मुद्दा आयोगमा नल्याए फेरि युद्धमा जाने गुरुङको चेतावनी

का

ठमाडौ, असार ११ गते । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण आयोगको दायरामा नल्याए आफूहरु सामू जंगल जानुको विकल्प नहुने धम्की दिएका छन् ।

पटक-पटक ध्यानाकर्षण गराउँदा पनि द्वन्द्वकालीन मुद्दाहरुलाई सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा नल्याइएको भन्दै उनले यसलाई बेवास्ता गरिए आफूहरुले फेरि युद्वको बाटो रोज्ने बताए ।

राजनीतिक निर्णयबाट हल गरिनुपर्ने विषयलाई कानूनी प्रक्रियामा लगे माओवादी नेताहरुसामु जेल जाने र युद्व गर्नेमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्था आउने भन्दै उनले त्यसबेला दोस्रो विकल्प रोजेर जङ्गल जाने बताए ।

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले उजुरी आव्हान गरेर द्वन्द्वकालीन घटनाहरुको छानविन सुरु गरेपनि आफ्ना कतिपय नेता तथा कार्यकर्तामाथि द्वन्द्वकालीन घटनालाई लिएर अदालतमा मुद्दा चलिरहेको भन्दै माओवादी केन्द्रले असन्तुष्टि जनाउँदै आएको छ ।

अदालतमा विचाराधीन द्वन्द्वकालीन सबै मुद्दा आयोगको दायरामा ल्याउने विषयमा प्रमुख सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच गत वैशाखको तेस्रो साता भएको सहमति कार्यन्वयनमा आएको छैन ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget