Websoft University

www.radiomakalu.com || 021-522512


पूर्व राजा ज्ञानेन्द्र सुन्छन् मात्रै बोल्दैनन्


सुरुङ्गा, जेष्ठ २१ गते ।  एकसाता अघि झापा आइपुग्नु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले भेटघाटलाई तीव्र बनाउनुभएको छ । दमकस्थित आफ्नो निजी चिया वगानमा रहेको मिनी दरवारमा बस्तै आउनुभएका उहाँले स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, सामाजिक संघसंस्थाका प्रतिनिध, सामाजिक अगुवा लगायतलाई सामुहिक भेटघाट गरिरहनुभएको छ । श्रोतका अनुसार उहाँलाई भेट्न पहिला राजसंस्थाको चर्काे विरोध गर्ने पनि जाने गरेका छन् ।





 तर, पूर्व राजा जानेन्द्रले सबैका कुरा सुनेपनि कसैलाई केही जवाफ नर्फकाएको साही कालका मध्यामाञ्चक क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्तीले बताउनुभयो । उहाँले भन्नुभयो– सरकार अहिले सुन्नुमात्रै हुन्छ कसैलाई केही जवाफ नै फर्काउन चाहानुहुन्न ।


यस अघि तनावमा रहँदा प्रायजसो दमक आउने गर्नुभएका पूर्व राजा शाहले आफ्ना शुभेच्छुकहरुको भनाई चाखपूर्वक सुने पनि जवाफ भने नर्फकाउने गरेको चक्रवर्तीको भनाई छ । उहाँले अहिलेसम्म दैनिक १५ सय भन्दा बढीलाई भेट्ने गरेको बताइएको छ । पूर्व राजा ज्ञानेन्द्रको मिनी दरवारको नसजकै अस्थायी भेटघाट स्थल बनाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्रलाई भेट्ने अधिकांशले राजतन्त्रको अन्त्यपछि मूलकमा अराजकता बढेको बताउदै सक्रिय रहनकालागि प्रेरित गरेको राप्रपा नेपालका एक केन्द्रिय नेताले बताउनुभयो । उहाँका अनुसार ज्ञानेन्द्रलाई भेट्न गएका कसैलाई पनि तस्वीर खिच्न,अडियो र भिडियो रेकर्ड गर्न दिइएको छैन् ।

यसैबीच पूर्व राजा शाहले केहीदिन यता सामुहिक भेटघाट बिहान ११ बजेबाट शुरु गरेपनि बेलुका भने आफू निकटस्थहरुसंग समसामयिक राजनीतिको बिषयमा छलफल गर्न शुरु गरेको जनाइएको छ ।

शाहले पूर्व राज्यमन्त्री टेकनारायण राजवंशी, क्षेत्रीय प्रशासक रवीन्द्र चक्रवर्ती, रप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देन, सह महामन्त्री राम थापा, लगायतलाई सुरुमा भेट गरेको बताइएको छ ।- 

purbelinews.

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget