Websoft University

www.radiomakalu.com || 021-522512


पार्टीको विचार रोपाँई गर्नुपर्ने आवश्यकता ः राप्रपा नेपाल सहमहामन्त्री साह

विराटनगर , असार २ गते । मोरगं जिल्ला क्षेत्र नं ८ विराटचौकमा क्षेत्रीय परिषद भेला सम्पन्न भएको छ । मकरानन्द पराजुलीको अध्यक्षतामा सो परिषद समपन्न भएको थियो । क्षेत्रीय अध्यक्षमा ललित बहादूर कार्की विजयी हुनुभएको छ ।



उक्त परिषदले ११ सदस्यीय क्षेत्रीय कार्यसमितिको चयन गरिएको छ  । प्रमुख अतिथी राप्रपा नेपालका सहमहामन्त्री प्रहलाद प्रसाद साहले स्थानिय निकायलाई मध्येनजर गर्दै राप्रपा नेपालका तमाम कार्यकर्ताहरु यो वर्षाको समयमा खेतीपाती र रोपाई संगै काँग्रेस, एमाले, माओवादी पार्टीमा रहेका हाम्रा विचारसंग सहमत कार्यकर्ताहरुमा हाम्रो पार्टीको विचार रोपाँई गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।


देश काँग्रेस, एमालेको कुशासनले थला परेको छ,  यसबाट मुक्ति दिलाउन राप्रपा नेपाललाई सुसाशन सहित सक्षम पार्टी बनाउनु पर्ने सहमहामन्त्री साहले बताउनुभयो । उक्त भेलामा केन्द्रिय सदस्य विष्णु थापा, जिल्ला अध्यक्ष उद्धव दाहाल, कोशी अञ्चल सचिव श्याम कार्की ,केन्द्रिय पार्षद टेक बहादूर शाह लगायतले राप्रपा नेपाल नेपाली जनताको मनमष्तिक्समा जरो गाद्दै गरेको बताउनु भयो  । 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget