Websoft University

www.radiomakalu.com || 021-522512


संसदमा कांग्रेसको अवरोध कायमै, प्रधानमन्त्रीले बोल्न पाएनन्

महतले भने- जनताको आँसुले घचघच्याएर बाध्यकारी कदम चाल्नु पर्‍यो


संसद बैठकमा उठेर विरोध जनाउँदै कांग्रेसका सांसदहरु । फाइल तस्वीर:

१३ असार, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध परेको छ । भूकम्प प्रभावितहरुको राहत तथा पुनर्निर्माणबारे माग राख्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले उठाएको मागबारे जवाफ दिन खोजेका थिए । तर, कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई बोल्ने मौका नै दिएनन् ।

संसदको बैठक सुरुहुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेपछि सभामुख ओनसरी घर्तीले डा. रामशरण महतलाई बोल्न समय दिइन् । पूर्व अर्थमन्त्री समेत रहेका महतले भने, ‘जनताको पीडा र आँसुले घचघच्याएर यो बाध्यकारी कदम चाल्नु परेको हो ।’

अनुदानको आसमा लाखौं जनताले घर बनाउन कुरिरहेको तर, सरकारले सम्झौता नै नगरेको उनको आरोप छ । ‘घर बनाउनुहुन्छ घर बनाउनुस् भनेको भए लाखौं घर बनाइसक्थे’ उनले भने ।
कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट २ लाख दिनुपर्ने माग गर्दै सदन अवरुद्ध पारेको थियो । तर, कांग्रेस नेतृत्वको सरकारले नै चार किस्तामा रकम दिने गरी कार्यविधि बनाएको र दातासँग समझदारी भइसकेको हालको सरकारले बताएको छ ।
कांग्रेस नेता महतले भने अर्कै सन्दर्भमा त्यो सम्झौता भएको भन्दै रि-नगोसिएसन गर्ने सम्भावना रहेको बताए ।
किस्ताबन्दीको कुरा रिनेगोसिएसन गर्न सरकारले तत्परता देखाउनु पर्ने भन्दै उनले भने, ‘कांग्रेससहितका दलहरुसँग वार्ता गरेर हामीले उठाएका विषय सम्बोधन गरियोस् । सरकारले अकर्मन्यता देखाउनु भएन । सही समाधान निकाल्नुपर्छ ।’
सेनाले बनाएको सामूहिक आवासमा आफ्नो कार्यकर्ताका ठेकेदारबाट सामान लिएर सेनालाई दिएको सुन्नमा आएको भन्दै उनले छानविनको माग समेत गरेका छन् ।
महतले बोलेपछि कांग्रेस सांसदहरु आ-आफ्नो स्थानमा उठे । सभामुख घर्तीले प्रधानमन्त्रीले यसबारे जवाफ दिन चाहेको भन्दै कांग्रेस सांसदहरुलाई बस्न आग्रह गरिन् । तर, उनीहरुले अस्वीकार गरेपछि संसद बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget