Websoft University

www.radiomakalu.com || 021-522512


टि्वटरबाट हेल्लो सरकारमा उजुरीः विमानस्थलमा चर्को पार्किङ शुल्क किन ?



काठमाडौँ, असार १६ गते । फेसबुक र टि्वटरमा यसैसाता प्रतिवन्ध लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चर्को पार्किङ शुल्क असुल गरिएको भन्दै हेलो सरकारमा उजुरी परेको छ ।

विमानस्थलको डोमेस्टिकतर्फको पार्किङ लटमा सवारी साधनको चर्को शुल्क तिर्नु पर्‍यो भन्दै टि्वटरबाटै उजुरी परेको हो ।

अहिले हेलो सरकारमा पछिल्लो समय ट्वीटरबाटै उजुरीहरु आउने क्रम बढेको छ । विमानस्थलको व्यवस्थापनपक्षसँग जोडेर पछिल्लो समय उजुरी बढेको हेलो सरकारका उपसचिव प्रद्युम्न उपाध्यायले अनलाइनखबरलाई बताए ।

पार्किङ शुल्क तिर्नुपर्नेबारे कुनै जानकारी नराखिएको र शुल्क तिर्ने चिटमा पनि समय, तिर्नुपर्ने मूल्य र संस्थाको नाम स्पष्ट नखुलाइएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भनिएको छ,-पार्किङ शुल्क तिर्नुपर्ने हो कि होइन, यदि पर्ने हो भने किन व्यवस्थित नगराइएको ? तिर्नुपर्दैन भने अनुगमन गरी कारवाही गरियोस् ।

गतसाता मात्रै विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी फेसबुक चलाएर बसेको भन्दै हेलो सरकारमा उजुरी परेको थियो । उक्त उजुरीपछि विमानस्थलस्थित अध्यागमन कार्यालयमा फेसबुक र ट्वीटर प्रयोग गर्न प्रतिवन्ध लगाइएको छ ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget