मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना
काठमाडौं । क्यानडाले काबुल आक्रमणमा मारिएका नेपाली नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
काबुलमा सोमबार तालिवानले गरेको आक्रमणमा १२ नेपाली र २ भारतीयसहित १४ जनाको मृत्यु भएको थियो । आक्रमणमा घाइते भएका ९ जनामध्ये ५ जना नेपालीहरु छन् । अफगानिस्तानमा रहेको क्यानडाको राजदूतावासको सुरक्षामा खटिएकाहरुलाई लक्षित गरी आतंकवादी हमला भएको थियो ।
क्यानडाको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर मृत्युवरण गरेकाहरु राजदूतावासको परिवारका सदस्यहरु जस्तै रहेको बताउँदै घटनाप्रति दुःख व्यक्त गरेको छ ।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘धेरै पीडितहरु राजदूतावासका परिवारका सदस्य थिए । तिनीहरुले अफगानिस्तानमा रहेको दूतावासको सुरक्षाका लागि पुर्याएको योगदान सधैं स्मरणीय रहने छ ।’
क्यानडाले नेपाली, भारतीय, अफगान नागरिकहरुसँग मिलेर अफगानिस्तानले गरेको सहयोगको सह्राना गरेको छ । उसले आतंकवादविरुद्ध अफगानी नागरिकहरुले गरेको संघर्षमा आफ्नो साथ रहने प्रतिबद्धता पनि जनाएको छ ।- अनलाइनखबरबाट

Post a Comment