Websoft University

www.radiomakalu.com || 021-522512


विश्व योग दिवसको अवसरमा पाशुपत क्षेत्रमा योग शिविर


काठमाडौ ,  असार ५ गते ।  विश्व योग दिवसको अवसरमा पारेर पवित्र पाशुपत क्षेत्रमा सांस्कृतिक कार्यक्रमसहितको पाँच दिने बृहद योग शिविरको आयोजना गरिने भएको छ । पशुपतिनाथ सेवक संघ र आनन्द मार्ग प्रचार संघको संयूक्त आयोजना र नेपाल योग रिट्रिट, लियो क्लब अफ काठमाडौ र गंगाचार्य सहआयोजनामा हुने बृहद शिविरमा नेपाल र भारतका प्रशिद्ध योग गुरुहरुले योग प्रशिक्षण दिनुका साथै कलाकारहरुले भक्तिज्ञान सहितका बृहद् सांस्कृतिक कार्यक्रम समेत गर्ने आईतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । असार ७ गतेदेखि ११ गतेसम्म पुशपति क्षेत्रमा चल्ने शिविरको असार ६ गते सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोख्रेलले गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय योग दिवस आयोजक समितिका संयोजक केदारमान भण्डारीले योगको विकास नेपालमै प्राचिन ऋषि मुनी र योगीहरुले गरेपनि यसको उचित प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको भन्दै आफुहरुले यो कार्यक्रममार्फत विश्वलाई योगको आरम्भको विषयमा जानकारी गराउँदै नेपाललाई योग पर्यटनको क्षेत्रको रुपमा विकास गर्ने उद्देश्य लिएको बताए । योग कुनै धर्म विशेषको नभई यो विज्ञान भएकोले यो सबैको जीवनमा उपयोगी हुने धारणा राख्दै योगमार्फत चित्त र मनलाई सुद्ध बनाएर नैतिकवान समाज निर्माण गर्न सकिने बताए । पत्रकार सम्मेलनमा आचार्य महेन्द्रजी, आचार्य पूर्णानन्द, श्यामबाबु आचार्य, शिव नन्दजीलगायतले योगको महत्व र यसको उद्गमको ईतिहासको विषयमा जानकारी दिएका थिए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget